वडा नं ५ मा स्वास्थ्य विमा कार्यक्रम

spot_img

बैशाख २२/भण्डारा
राप्ती । राप्ती नगरपालिका वडा नं ५ ले विपन्न वर्गको लागी स्वास्थ्य विमा गर्ने भएको छ । वडा नं ५ मा रहेका विपन्न परिवारको लागी स्वास्थ्य विमा कार्यक्रम ल्याएको वडा अध्यक्ष सिताराम तामाङले बताए । उनका अनुसार अहिले वडामा सुगर प्रेसर दम तथा अन्य दिर्घ रोगी तथा अति विपन्न वर्गका घर परिवारले समेत रहेका छन भने सम्र्पकमा आउन उनले अनुरोध गरेका छन । बैशाख १३ मा जारी गरिएको सुचनामा १५ दिन भित्र आवश्यक निवेदन सहित सम्र्पकमा आउन उनले अनुरोध गरेका छन । वडामा आउदा नागरिकता प्रमाण पत्रको प्रतिलिपि ,स्थायी ठेगना अन्यत्रको भएमा वसाईसराई प्रमाण पत्रको प्रतिलिपि , अस्पताल जाँच गराएको प्रमाणित कागजात सहित आउन पर्ने वडा अध्यक्ष तामाङ्गले बताए । अघिल्लो आर्थिक वर्षमा सोहि कार्यक्रममा छनोट भएका लाभग्राहीहरुको निवेदनलाई यस वर्ष समावेश नगरिने तामाङ्गले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार