राप्ती ८ को अनुरोध सवारि चालक तालिम सिक्न आउनुहोस

spot_img

बैशाख २२/भण्डारा
राप्ती । राप्ती नगरपालिका वडा नं ८ ले सिपमुलक तालिम गर्ने भएको छ । वडा कार्यालयलले सुचना जारीी गदै हलुका सवारि चालक तालिम संचालन गर्ने भएको हो । वडामा स्थाइ रुपमा बसोबास गर्ने १९ देखि ३५ वर्षसम्मका कम्तिमा एसइइ वा एसएलसी पास भएका व्यक्तिहरुले आवश्यक कागजपत्र सहित वडामा सम्र्पक गर्नुपर्ने कार्यवहाक वडा अध्यक्ष दिपक अधिकारीले बताए । वडा वाट लक्षित कार्यक्रममा सहभागि भएकालाइ कार्यक्रममा सहभागि गराउन नसकिने उनले बताए । वडामा रहेका युवालाइ रोजगार सिर्जना गर्ने उद्देश्यले तालिम दिन लागिएको उनले बताए । तालिममा सहभागि हुन चाहानेले नागरिकताको प्रतिलिपि र एसइइ वा एसएलसि पास गरेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार