राप्ती नगरस्तरिय कक्षा ८ को नतिजा प्रकाशित

राप्ती नगरस्तरिय कक्षा ८ को नतिजा प्रकाशित
नगर प्रमुख लामाले दिए बधाई तथा शुभकामना
राप्ती । राप्ती नगरपालिका स्तरिय आधारभुत तह कक्षा ८ को नतिजा आइतवार प्रकाशन भएको छ । शैक्षिक सत्र २०८० मा लिइएको आधारभुत अन्र्तगतको कक्षा ८ को परिक्षामा सामुदायिक विद्यालय तर्फ भण्डारा मावि प्रथम भएको छ । भण्डारा माविका छात्र अनुस पाठकले ३ दशमलव ९२ जिपिए ल्याएर छात्र तर्फ नगर प्रथम भएका छन । भण्डारा माविकै छात्रा प्रमिला प्रजाले ३ दशमलव ८१ र बुद्धशान्ती माविकी छात्रा सुसिता मोक्तानले सोहि जिपिए प्राप्त गदै छात्रा तर्फ प्रथम स्थान हासिल गरेका छन । संस्थागत विद्यालय तर्फ भने दर्शन एकेडेमीका छात्र रुपेश गौतमले ३ दशमलव ९७ जिपिए ल्याएर नगर प्रथम भएका छन । साग्रिला ई.बो स्कुलकी छात्रा ग्रेस सिलवालले ४ जिपिए सहित नगर प्रथम भएकि छिन उनीसंगै पिसल्याण्ड स्कुलकी छात्रा रश्मी सत्यालले ४ जिपिए ल्याएर उनि पनि संस्थागत विद्यालयको छात्रा तर्फ नगर प्रथम भएकि हुन । परिक्षामा १ हजार ७७ जना विद्यार्थी सहभागि रहेका थिए । आधारभुत तहको परिक्षामा उर्तिण सम्पुर्ण विद्यार्थीलाइ राप्ती नगर प्रमुख शमशेर लामाले बधाइ तथा शुभ कामना व्यक्त गरेका छन । प्रमुख लामाले आफ्नो लगनशिलता र मेहिनत वाट प्राप्त नतिजालाइ थप गदै उत्कृष्ट हुनुपर्ने बताए । कक्षा ८ परिक्षाले एसइइ परिक्षामा कुन स्थान ल्याउछ भन्ने कुरा निर्धारण गर्ने हुदा आफ्नो पढाइ प्रतिको लगावलाइ भने निरन्तरता दिनुपर्ने बताए । परिक्षामा सामेल हुनु भएका तथा सफल हुनु भएका सम्पुर्ण विद्यार्थीको उज्जवल भविश्यको काम गदै आफ्नो पढाइलाइ निरन्तरता दिन उनले अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार