राप्ती ५ ले डाक्यो सुत्केरी पोषण भत्ता लिन

राप्ती ५ ले डाक्यो सुत्केरी पोषण भत्ता लिन
राप्ती । राप्ती न.पा. ५ को कार्यालयले सुत्केरी पोषण भत्ता वितरण गर्ने भएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा विनियोजित वजेट मार्फत गर्भवती तथा सुत्केरी पोषण भत्ता वितरणको कार्यक्रम सुरु गर्न लागेको वडा अध्यक्ष सिताराम वलले बताए । राप्ती न.पा. ५ वडा भित्र स्थायी रुपमा वसोवास गर्दै आउनुभएका गर्भवती महिला तथा २०८०÷०४÷०१ गते पछि सुत्केरी भएका महिलाहरुलाई आवश्यक कागजपत्र सहित वडामा सम्र्पक गर्न वडा कार्यालयलृ सुचना प्रवाह गरेको छ । बैशाख १६ गते प्रकाशित सुचनाको आधारमा १५ दिन भित्र
नागरिकता प्रमाणपत्र, विवाह दर्ता प्रमाणपत्र, अस्पताल जाँच गरेको प्रमाण र जन्म दर्ता प्रमाण पत्र सहित वडा कार्यालयमा लक्षित महिलाहरुले सम्र्पक गर्नुपर्ने वडा अध्यक्ष वलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार