विद्यालय भर्ना अभियान सुरु – बालबालिकालाई नियमित विद्यालय पठाउन मेयर लामाको आह्वान

विद्यालय भर्ना अभियान सुरु – बालबालिकालाई नियमित विद्यालय पठाउन मेयर लामाको आह्वान

राप्ती । नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आइतवारदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो । राप्तीका मेयर शमशेर लामाले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।
शिक्षा पाउनु हरेक बालबालिकाको संविधान प्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएको भन्दै मेयर लामाले २०८१ को शुभारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

राप्ती नगरपालिकामा पढ्न कत्ति पनि शुल्क नलाग्ने भएको भन्दै नियमित विद्यालय पढ्न पठाउन मेयर लामाले अनुरोध गरेका छन । उनले एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ निशुल्क अभियानलाइ प्रभावकारि बनाउन चुनौती थपएिको बताए ।
गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने बेला कहि कतै शुल्क तिरेको भन्ने सुनिएको भएपनि यो पटक वाट शुल्क कत्ति पनि तिर्न नहुने बताए । यसका अलवा यहि बर्ष देखि त भर्ना गरेर घर फर्कदा किताव समेत पाउन सकिएको बताए ।
उनले गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि स्थानीय सरकारले विभिन्न प्रयासहरु गर्दै आएको पनि बताएका छन् । राप्ती नगरपालिकाल वर्षेनी विद्यालय शिक्षामा ठूलो लगानी गरेको र शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति थुप्रै चुनौती सामना गर्नुपरेको उनले बताए ।
सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको भन्दै उनले विद्यालय शिक्षामा लगानी गर्दै आएको बताएका छन् । यी प्रयासहरुलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुने अपेक्षा मेयर लामाले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार