राप्तीको विकटमा प्रसुति सेवा सुरु –मेयरले बोलेको पुरा गरे भन्दै स्थानीय खुशि

राप्तीको विकटमा प्रसुति सेवा सुरु –मेयरले बोलेको पुरा गरे भन्दै स्थानीय खुशि

राप्ती । राप्ती नगरपालिका–१३ वासवाङमा बर्थिङ सेन्टर (प्रसूति गृह) र कुपोषणको उपचारका लागि बहिरंग सेवा सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने वासवाङ स्वास्थ्य चौकीमा प्रसूतिसेवा दिन र बालबालिकामा हुने कुपोषणको उपचारका लागि बहिरंग सेवा दिने उद्देश्यले यीे सेवाहरु ल्याइएको हो ।
राप्तीका नगर प्रमुख शमसेर लामाले गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउँनका लागि विकट क्षेत्र वासवाङमा २४ सै घण्टा सेवा दिनेगरी बर्थिङ सेन्टर स्थापना गरिएको बताउनुभयो । स्वास्थ्य चौकीमा आवश्यक उपकरण, जनशक्ति एवं औषधिको व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । यो सँगै उहाँले कुपोषण भएका बालबालिकाको उपचारको लागि बहिरंग सेवा पनि सञ्चालन गरीएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “स्वास्थ्य चौकिमा सेवा थपेका छौं अब यहाँका महिलाहरुलाई सुत्केरी हुन अन्त जानपर्ने समस्याको समाधान भएको छ ।” उहाँले महिलाहरुलाई घरमा बच्चा नजन्माउन आग्रह गर्दै भन्नुभयो, “दिदी बहिनीहरुले अब घरमा बच्चा जन्माउन पाइनेछैन यो प्रतिवद्घता जनाउन पर्छ । हामिले बच्चा जन्माउनका लागि सुत्केरी घरको व्यवस्था गरेका छौं ।” बर्थिङ सेन्टरमा सरकारी मापदण्ड अनुसारका सबै सेवा र सुविधा रहेको भन्दै उहाँले थप्नुभयो ,“सबैले यसमै ल्याएर सुत्केरी गराउनुहोला । ” अब सुत्केरी गराउनकै लागि घण्टौं हिँडेर अन्यत्र जान पर्ने बाध्यता हटेको उहाँले बताउनुभयो ।
त्यसैगरी उहाँले यस क्षेत्रमा धेरै बालबालिकाको अभिभावकले खानपान र सरसफाइमा ध्यान नदिएको पाइएको भन्दै अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुको ध्यान राख्न आग्रह गर्नुभयो । “यहाँ उमेरको हिसावले बच्चाहरु स्वस्थ्व नभएको देखेको छु । यसको समाधान अभिभावकलैनै गर्न पर्छ हामिलेत बाटो मात्र देखाइदिने हो ।” उहाँले भन्नुभयो, “यहाँ कुपोषण भएका बालबालिकाको पनि उपचार हुने व्यवस्था गरिएको छ भएको सेवा उपभोग गरिदिनुहोला ।” यस क्षेत्रमा अधिकांस बालबालिका कुपोषणको सिकार भएको उहाँको भनाई थियो ।
सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा बर्थिङ सेन्टरका लागि आवश्यक उपकरण, जनशक्ति एवं औषधिको व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना तथा कुपोषणको उपचार सेवा सुरु गरिएको प्रमुख लामाले बताउनुभयो । अब सुत् हाल नगरपालिकामा भण्डारा नगर अस्पताल सहित ६ वटा वर्थिङ सेन्टर रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

spot_img

ताजा समाचार