"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

कांग्रेस चितवन १ “क” बाट प्रदेश प्रतिनिधिमा राजिब पाठकको उम्मेदवारी

Table of Content

चितवन । नेपाली कांग्रेस चितवन क्षेत्र नं. १ “क” बाट बागमती प्रदेश प्रतिनिधि (युवा तर्फ) का उम्मेदवार राजिब पाठकले युवाको आवाज, ऊर्जा र सक्रिय सहभागितालाई पार्टीको संगठन तथा निर्णय प्रक्रियासँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पाठकले रुपान्तरित राजनीतिक यात्रामा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै आफूले दृढ विश्वासका साथ उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्। उनले संगठित र सबल कांग्रेस निर्माणका लागि युवाको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

“रुपान्तरित राजनीतिक यात्रामा युवाको सक्रिय सहभागिता, संगठित र सबल कांग्रेसको अबको प्रतिबद्धता,” भन्ने धारणा अघि सार्दै पाठकले युवालाई राजनीतिमा केवल दर्शकका रूपमा नभई निर्णायक हिस्सेदारका रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।

उनले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको विषयभन्दा पनि विचार, प्रतिबद्धता र युवाको सहभागितासँग जोडिएको राजनीतिक यात्राका रूपमा प्रस्तुत गरेका छन्। “व्यक्ति होइन, विचार रोजौँ। पद होइन, प्रतिबद्धता खोजौँ,” भन्ने नारासहित उनले पार्टीका नेता तथा कार्यकर्तासँग विश्वास, साथ र मतको अपेक्षा गरेका छन्।

बागमती प्रदेश प्रतिनिधि (युवा तर्फ) का उम्मेदवार पाठकले युवाको सक्रिय सहभागितामार्फत पार्टी संगठनलाई थप गतिशील र प्रभावकारी बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

पाठकले आफ्नो उम्मेदवारीका क्रममा पार्टीप्रति प्रतिबद्ध रहँदै युवाका आवाजलाई संगठनको मूल प्रवाहमा जोड्ने प्रयास गर्ने बताएका छन्।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

77087fc2-afb4-4ecb-9fed-4c032f4e7d80 (1)

नारायणी नदीको नयाँ रेकर्ड, पानीको सतह ११ दशमलव ९१ पुग्यो

चितवन, असोज ११नारायणी नदीको पानीको सतह इतिहासकै उच्च बिन्दुमा पुगेको छ । लगातारको मुसलधारे वर्षाका...
1-1790511518

दक्षिण अफ्रिकामा केही घण्टाकाे अन्तरालमा दुई ठाउँमा गोलीकाण्ड, २७ जनाको ज्यान गयाे

दक्षिण अफ्रिकामा केही घण्टाको अन्तरालमा दुई ठाउँमा गोली चल्दा कम्तीमा २७ जनाको ज्यान गएको छ...
WhatsApp Image 2026-09-27 at 4.32.02 PM

कांग्रेस चितवन १ “क” बाट प्रदेश प्रतिनिधिमा राजिब पाठकको उम्मेदवारी

चितवन । नेपाली कांग्रेस चितवन क्षेत्र नं. १ “क” बाट बागमती प्रदेश प्रतिनिधि (युवा तर्फ)...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०