"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

समुद्री आँधी जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द

Table of Content

समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ ।

जापान एयरलाइन्सले १३५ र अल निप्पोन एयरवेजले १४० उडान रद्द गरेका छन् । टोकियो आसपासका नौ हजारभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ ।

टोकियो, चिबा, कानागावा र सिजुओका प्रिफेक्चरमा पहिरोको चेतावनी जारी गरिएको छ भने केही रेल सेवासमेत स्थगित भएका छन् । जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार आजसम्म हुने कुल वर्षाले सेप्टेम्बर महिनाको औसत वर्षा नाघ्न सक्ने र केही क्षेत्रमा कीर्तिमानी वर्षा हुन सक्ने सम्भावना छ ।

एजेन्सीले आँधी आउनुअघि नै वर्षा र हावाको गति बढ्ने चेतावनी दिएको थियो । विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार राजधानी र आसपासका क्षेत्रमा १६ लाखभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।

आँधीका कारण चिबामा आयोजना भइरहेको ‘टोकियो गेम शो’ निर्धारित समयभन्दा अगाडि नै बन्द गरिएको छ । चिबामै आयोजना हुने भनिएको ठूलो खुला सङ्गीत महोत्सव र बेसबल खेल पनि रद्द भएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा लोकप्रिय पर्यटकीय स्थल कामाकुरा स्टेसन आसपासका सडक डुबानमा परेको देखिएको छ । कामाकुराका मेयर ताकासी मात्सुओले सडकमा पानी जमेकाले कारमा यात्रा गर्नु जोखिमपूर्ण रहेको बताउनुभएको छ ।

टोकियो नजिकैको कात्सुउरा सहरबाट करिब १३० किलोमिटर दक्षिणतर्फ रहेको डुजुआनले प्रतिघण्टा करिब १४४ किलोमिटरको गतिमा हावा चलेको थियो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

PM-1788659805

राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह आज न्यूयोर्क जाँदै

काठमाण्डौ – संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ...
Prayatan-1790041336

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डौ – भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब...
Typhone-1790036571

समुद्री आँधी जापानतर्फ बढ्दै, झण्डै ३ सय उडान रद्द

समुद्री आँधी जापानतर्फ अघि बढ्दै गर्दा झण्डै ३ सय उडान रद्द गरिएका छन् भने १६ लाखभन्दा...
Nepal-Bhutan-1790043434

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता

काठमाण्डौ – परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच भेटवार्ता भएको छ । संयुक्त...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०