"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

Table of Content

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो बेलुकी न्युयोर्क प्रस्थान गर्नुभएको छ ।

महासभाको उच्चस्तरीय सत्रमा मन्त्री खनालले विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रिस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । उहाँले विभिन्न देशका समकक्षी तथा विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्तासमेत गर्नुहुने कार्यक्रम छ ।

नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह भने भोलि अमेरिका प्रस्थान गर्नुहुनेछ । प्रधानमन्त्री शाहले आउँदो शुक्रवार राष्ट्रसङ्घको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यन्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुनेछ ।

यस पटक राष्ट्रसङ्घको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा १४ जना रहनेछन् । न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुहुने कार्यक्रम पनि रहेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dpo_sunsari_YdvPaJ0r8x

देवानगञ्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

काठमाण्डाै – सुनसरीको देवानगञ्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली...
1-1789954922

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
banner-1789888750 (1)

ठूलो वर्षाको सम्भावना छ, तर पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइसकेको छैन

बङ्गालको खाडीमा तीव्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणालीले नेपालमा पनि ठूलो प्रभाव पर्ने देखिन्छ...
bhatbhateni-tangal-1789955857

नवयुवा आन्दोलनमा आगजनीबाट ध्वस्त भाटभटेनीको टङ्गाल स्टोर आजदेखि सञ्चालनमा

काठमाण्डाै – पोहोर नवयुवा आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपर मार्केटको टङ्गाल स्टोर आजदेखि...
50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०