"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ठूलो वर्षाको सम्भावना छ, तर पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइसकेको छैन

Table of Content

बङ्गालको खाडीमा तीव्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणालीले नेपालमा पनि ठूलो प्रभाव पर्ने देखिन्छ । अहिले मनसुनको उत्तरार्धको समय पनि हो । सेप्टेम्बर–अक्टोबरतिर बङ्गालको खाडीमा यस्ता प्रणाली विकसित हुनु सामान्य भए पनि यस पटकको प्रणाली तुलनात्मक रूपमा ठूलो भएकाले प्रभाव धेरै पर्न सक्ने देखिन्छ ।

चक्रवात कुन दिशातर्फ अघि बढ्छ र त्यसको गति कस्तो हुन्छ भन्ने आधारमा नेपालमा पर्ने वर्षाको मात्रा र क्षेत्र निर्धारण हुन्छ । प्रणाली पश्चिम–उत्तर दिशातर्फ अघि बढ्दै गएमा नेपालमा यसको प्रभाव बढ्न सक्छ । नेपाल चक्रवातको केन्द्रमै नपरे पनि त्यसको बाहिरी भागको प्रभावका कारण ठूलो वर्षा हुन सक्ने देखिन्छ । यो प्रणाली मनसुनी गतिविधिकै नियमित प्रक्रियाअन्तर्गत पर्ने भए पनि यस पटक तुलनात्मक रूपमा ठूलो घटना भएकाले धेरै प्रभाव पार्न सक्छ ।

विभिन्न मौसम पूर्वानुमान मोडलले प्रणालीको प्रभाव पर्ने क्षेत्रबारे फरक–फरक परिदृश्य देखाइरहेका छन् । कुनै मोडलले पूर्वी नेपालमा धेरै वर्षा हुने देखाएको छ भने कुनैले मध्य वा पश्चिम नेपालमा धेरै प्रभाव पर्ने सङ्केत गरेको छ । तर समग्र पूर्वानुमान हेर्दा प्रणालीको प्रभाव नेपालको दक्षिणी भूभागतर्फ धेरै केन्द्रित हुने देखिएको छ । विशेषगरी तराई, चुरे तथा महाभारत आसपासका क्षेत्रमा धेरै वर्षा हुन सक्ने सम्भावना छ । लुम्बिनी क्षेत्रसहित तराईका केही भागमा प्रणाली जुन दिशाबाट आए पनि उल्लेख्य वर्षा हुन सक्ने सम्भावना छ । नेपालमा कति वर्षा हुन्छ भन्ने निर्धारणमा प्रणालीको गति पनि महत्त्वपूर्ण हुने देखिन्छ । यो प्रणाली बिस्तारै अघि बढेमा धेरै दिनसम्म लगातार वर्षा हुन सक्छ । तर तीव्र गतिमा अघि बढेमा छोटो समयमा धेरै पानी पर्ने सम्भावना हुन्छ । छोटो समयमा अत्यधिक वर्षा हुँदा बाढी, डुबान र पहिरोजस्ता विपद्को जोखिम धेरै हुन सक्छ ।

अहिले प्रणालीको मार्ग र गति पूर्णरूपमा स्पष्ट भइसकेको छैन । आउँदाे एक–दुई दिनमा यसको अवस्था अझ स्पष्ट हुँदै जाने र बिहीवारसम्ममा नेपालमा पर्ने सम्भावित प्रभावबारे थप यकिन गर्न सकिएला । नेपालमा यसअघि नै ठूलो बाढी र पहिरोबाट प्रभावित क्षेत्रहरूमा नयाँ वर्षाले थप जोखिम निम्त्याउन सक्ने भएकाले विशेष सावधानी अपनाउनुपर्ने त छ नै । विशेषगरी बाढी, डुबान र पहिरोको जोखिम भएका क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा यात्राका क्रममा सावधानी अपनाउन आवश्यक छ ।

यसअघि भल, बाढी र पहिरोको जोखिम देखिएका क्षेत्रमा थप वर्षाले जोखिम बढाउन सक्ने भएकाले त्यस्ता ठाउँबाट टाढा जानुपर्छ । प्रणालीको प्रभावका कारण तराई क्षेत्रमा डुबानको जोखिम पनि बढ्न सक्ने देखिन्छ । दुई–तीन दिनको अवधिमा ५ सयदेखि ७ सय मिलिमिटरसम्म वर्षा हुने सम्भावनालाई समेत ध्यान दिनुपर्ने अवस्था छ । यति ठूलो मात्रामा छोटो अवधिमा वर्षा भएमा तराईका होचा तथा डुबानको जोखिम भएका क्षेत्रमा ठूलो पानी जम्ने र जनजीवन प्रभावित हुन सक्ने देखिन्छ ।  धान भित्र्याउने समय नजिकिँदै गए पनि अहिले नै हतार गरेर बाली भित्र्याउनुपर्ने अवस्था छैन । तर कतिपय क्षेत्रमा धान पाकिसकेको भए मौसमको अवस्था हेरेर मात्र बाली भित्र्याउने वा अन्य व्यवस्थापन गर्न आवश्यक छ ।

समग्रमा प्रणालीको वास्तविक मार्ग, गति र प्रभाव आउँदा केही दिनमा अझ स्पष्ट हुने भएकाले मौसम पूर्वानुमान तथा चेतावनीलाई नियमित रूपमा हेर्न र त्यहीअनुसार यात्रा, कृषि तथा अन्य गतिविधिको योजना बनाउनु आवश्यक छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

dpo_sunsari_YdvPaJ0r8x

देवानगञ्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

काठमाण्डाै – सुनसरीको देवानगञ्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली...
1-1789954922

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
banner-1789888750 (1)

ठूलो वर्षाको सम्भावना छ, तर पानी पार्ने प्रणालीको मार्ग र गति स्पष्ट भइसकेको छैन

बङ्गालको खाडीमा तीव्र गतिमा विकसित भइरहेको न्यून चापीय प्रणालीले नेपालमा पनि ठूलो प्रभाव पर्ने देखिन्छ...
bhatbhateni-tangal-1789955857

नवयुवा आन्दोलनमा आगजनीबाट ध्वस्त भाटभटेनीको टङ्गाल स्टोर आजदेखि सञ्चालनमा

काठमाण्डाै – पोहोर नवयुवा आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको भाटभटेनी सुपर मार्केटको टङ्गाल स्टोर आजदेखि...
50539_364db57837bbe8658517de7d46290859-10_03_2026-16_38_19-860x484

बारामा भदौ महिनामा ८४ सवारी दुर्घटनामा १२ जनाको मृत्यु

बारा । जिल्ला प्रहरी कार्यालय बाराले भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १४४ वटा अपराधसम्बन्धी मुद्दा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०