"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

Table of Content

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर संकलन गरेका छन् । उनले बाढीपीडितको सहयोगका लागि इन्स्टाग्राममार्फत् रकम उठाउन सहयोगको आह्वान गरेका छन् ।

नेपालको स्थितिबारे बोल्दै उनले भनेका छन्, ‘नेपलामा भिडियो खिच्ने हाम्रो योजना थियो, तर त्यहाँ जे भयो, त्यसपछि हामीले भिडियो बनाउने योजना रद्द गर्नु पर्‍यो।’

नेपाल आउने कार्यक्रम रद्द गरेपछि मिस्टर बिस्टले विभिन्न ब्रान्डसँग मिलेर राहत जुटाउने सक्रिय बनेको बताएका छन् । घर गुमाएका तथा पिउने पानी र खानाको अभाव झेलिरहेका पीडितलाई सहयोग गर्न पीएनजीलगायत ब्रान्डमार्फत गैरसरकारी संस्था ‘केयर नेपाल’ सँग सहकार्य गरिएको उनले बताएका छन् ।

‘हामीले १० लाख डलरभन्दा धेरै चन्दा उठाउन पहल गरिरहेका छौँ,’ उनले भनेका छन्, ‘कतिपय बाढी पीडितहरूको घर बगेको छ, पिउने पानी र खाना छैन ।’

मिस्टर बिस्टले हालसम्म १० लाख डलर संकलन भइसकेको र सो रकमलाई अझ बढाउन खोजिरहेको उल्लेख गरेका छन् ।

संकलित रकमको शतप्रतिशत हिस्सा सिधै विपद् प्रभावित मानिसहरूका हातमा पुग्ने उनले बताएका छन् । उनले आफूले संकलन गरेको राहत प्रधानमन्त्री उद्धार कोषमा नदिने भएका छन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mr-beast.jpg-43ff0bf0-16ba-4489-b4f6-0e5d66b6d458

रसुवा बाढीपीडितका लागि चर्चित युट्युबर ‘मिस्टर बिस्ट’ ले संकलन गरे १० लाख डलर

३१ भदौ, काठमाडौं । चर्चित अमेरिकी युट्युबर ‘मिस्टर बिस्ट’ ले रसुवा बाढीपीडितको १० लाख अमेरिकी डलर...
2photo

१९ वर्षीया छोरी बलात्कार आरोप लागेका बाबु थुनामा

भरतपुर । १९ वर्षीया छोरीलाई बलात्कार गरेको अभियोग लागेका बाबु पुर्पक्षका लागि थुनामा गएका छन्...
japan-old-people-1789539499

जापानमा १ लाखभन्दा धेरै मानिस १०० वर्ष वा त्योभन्दा धेरै उमेरका

जापानमा १०० वर्ष वा त्योभन्दा धेरै उमेरका मानिसहरूको सङ्ख्या पहिलो पटक १ लाख नाघेको छ...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०