"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड : चारै ढोका खुला

Table of Content

काठमाण्डौ – आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन् । तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चार वटा दर्शन मार्गको व्यवस्था गरिएको छ । पहिलो मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंहको भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपतिनाथ मन्दिरको उत्तरतर्फको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी, दोस्रो लाइन जयवागेश्वरीबाट देब्रेतर्फको मार्ग दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार, महास्नानघर अघिको १ नं ढोकाअघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकाशे पुल प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको र्‍याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने व्यावस्था गरिएको छ । 

त्यस्तै, तेस्रो तिलगङ्गा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, वाग्मती किनारा हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्व ढोकामा राखिएको र्‍याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्गलास्थानमा रहेको ढोका हुँदै चार शिवालय–पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकासे पुल हुँदै सानो ढोकाबाट चौसट्ठी कोटीलिङ्गेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन गरी उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाइएको कोषका सञ्चालक परिषद् सदस्य एवं प्रचारप्रसार उपसमिति संयोजक सङ्गीताकुमारी रामले जानकारी दिनुभयो ।

आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा दुई घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिनेछ । स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड व्यवस्थापनमा परिचालन भएका छन् । शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ ।

पशुपतिमा दर्शन गर्न आउने भक्तजनको गाडी पार्किङका लागि गुह्येश्वरी पारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको छ । सरकारी गाडीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

teej-2076-9-0292019064909_0KbwKCF1SJ

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड : चारै ढोका खुला

काठमाण्डौ – आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथको...
808052775_122108694309464902_4180526666920376324_n-1789350374

टी–२० मा अफगानिस्तानमाथि भारतको सहज जीत

काठमाण्डौ – भारतले अफगानिस्तानलाई पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले हराएको छ । नयाँ दिल्लीको...
balbalika-1789351147

‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ नाराका साथ बालअधिकार दिवस मनाइँदै

काठमाण्डौ – आज राष्ट्रिय बाल अधिकार दिवस, ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नाराका साथ...
nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०