"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

Table of Content

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र ‘तिनीहरू–एलिफेन्ट्स इन द फग’ ले प्रतिस्पर्धा गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आज विज्ञप्ति निकालेर चलचित्र ‘तिनीहरू’ लाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेकाे जानकारी दिएको हो ।

समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नुभएको विज्ञप्तिअनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट २ वटा नेपाली कथानक चलचित्र ‘तिनीहरू’ र ‘गौँथली’ प्राप्त भएका थिए ।

यी २ मध्ये एकेडेमीको मापदण्डअनुरूप उत्कृष्ट चलचित्र छनोट गर्न समितिले विभिन्न पक्षको मूल्याङ्कन गरेको हो । चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरिएको गहन अध्ययनपछि ‘तिनीहरू’ लाई उत्कृष्ट ठहर गर्दै छनोट गरेको समितिले जनाएको छ ।

यस छनोटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ ।

यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहले नेपालबाट ओस्कर अवार्डमा सिफारिश भएको र एशिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको चलचित्र ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाई तथा शुभकामना दिनुभएको छ । शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ ।

अविनाशविक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ । सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरिसकेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०