"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

Table of Content

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड दिएको छ ।

भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणापत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।

घोषणापत्रमा राजनीतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उल्लेख गरिएको छ । ब्रिक्स नेताहरूले मध्यपूर्वमा बढ्दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनीतिक र शान्तिपूर्ण समाधानमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ । यस्तै, जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ ।

विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड दिइएको छ । ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ ।

सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच द्विपक्षीय भेटवार्ता पनि भएको छ ।

भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढाउने, आपूर्ति शृङ्खला र आर्थिक सहकार्य विस्तार गर्नेलगायत विषयमा छलफल भएको छ । भेटलाई भारत–चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिङपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसालगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्चस्तरीय प्रतिनिधिहरू सहभागी छन् । हिजोदेखि शुरु भएको सम्मेलन आज पनि चल्नेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...
Bridge-India-1789268524

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

काठमाण्डौ – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा...
dron-1789270983

ड्रोन आक्रमणपछि साउदी अरबद्वारा आफ्नो मुख्य तेल पाइपलाइन बन्द

ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ । सुरक्षा जोखिम बढेपछि...
Department_of_Foreign_Employment_jKHwJS9Ltl

मलेसिया रोजगारी सिन्डिकेटको आशंकामा २५ म्यानपावरमा छानबिन गरिने

काठमाण्डौ – सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रिकृत व्यवस्थापन प्रणाली (एफडब्लुसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०