"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

काठमाण्डौ उपत्यकालगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै

Table of Content

काठमाण्डौ –  काठमाण्डौ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ । नेपाल आयल निगमले प्रहरीसहितको कमान्ड पोस्ट बनाएर शुरु गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ ।

तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कारबाही तीव्र पारेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने ७ वटा पसललाई कारबाही गरेको र दुई जनालाई जनही तीन लाख रुपैयाँसम्म जरिवाना गरेको जनाएको छ ।

उपभोक्ताबाट प्रतिसिलिन्डर ३२ सय रुपैयाँसम्म असुल गरिएको उजुरी परेको छ । भक्तपुरमा २८ देखि २९ सयसम्म मूल्य लिने दुई पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । ग्यास बिक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । भदौ १४ गते कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा चार दिन ग्यास आयात ठप्प भएको थियो ।

त्यसयता, ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रकमार्फत ल्याइँदैछ । नेपाल आयल निगमका अनुसार अहिले दैनिक ४० हजारभन्दा बढी सिलिन्डर भित्रिइरहेका छन् ।  तर, अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दाबी छ ।

ग्यास अभावकै विषयलाई लिएर उद्योगमन्त्रीले राजीनामा दिइसके पनि, बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाफ सरकारसँग छैन । काठमाण्डौ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरु नाम टिपाएर कैयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिण्डर लिएर लामो लाइन बसेको देखिन्छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...
Rasuwa-nakaa-1789275503

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

काठमाण्डौ – नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक...
pararastra-mantralaya_sYJjDkIurm

मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनी छनोटपछिको विवाद थप पेचिलो , कूटनीतिक पहल भैरहेको सरकारको भनाइ

काठमाण्डौ – मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित २५ वटा म्यानपावर कम्पनी छनोट गरेपछि उत्पन्न...
brics-12-1789259902

ब्रिक्स सम्मेलनद्वारा नयाँ दिल्ली घोषणापत्र जारी : विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड

भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०