"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

हुथी विद्रोहीले यमनको रणनीतिक मोखा सहर कब्जा गरेपछि सुरक्षा परिषद्मा छलफल

Table of Content

यमनमा इरान समर्थित हुथी विद्रोहीले रणनीतिक बन्दरगाह सहर मोखामाथि नियन्त्रण गरेपछि राष्ट्रसंघ सुरक्षा परिषद्मा यमनको पछिल्लो अवस्थाबारे छलफल भएको छ ।

हुथीले लाल सागरको तटीय क्षेत्रमा रहेको मोखा कब्जा गरेसँगै विश्वकै महत्वपूर्ण समुद्री मार्ग मानिने बाब–एल–मन्देब जलमार्गमा आफ्नो पहुँच थप बलियो बनाएको छ । मोखा बाब–एल–मन्देबबाट झण्डै ८० किलोमिटरको दूरीमा रहेको छ ।

यमनी सरकारी सैन्य स्रोतका अनुसार हुथी लडाकुहरू लाल सागरका हानिस द्वीपतर्फसमेत अघि बढेका छन् । हुथीको यो विस्तारले लाल सागर हुँदै हुने अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा थप जोखिम बढाएको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ ।

राष्ट्रसंघमा भएको छलफलमा यमनमा पछिल्लो समय बढेको सैन्य गतिविधि, हुथीका आक्रमण र त्यसबाट सर्वसाधारण तथा समुद्री यातायातमा परेको असरबारे चिन्ता व्यक्त गरिएको छ । सुरक्षा परिषद्का सदस्यहरूले क्षेत्रीय द्वन्द्व थप फैलिन सक्ने जोखिमप्रति पनि ध्यानाकर्षण गराएका छन् ।

मोखा कब्जा भएपछि साउदी अरबसमर्थित यमनी सरकारी पक्षमाथि ठूलो रणनीतिक दबाब परेको छ । पछिल्ला दिनमा हुथी र सरकारी पक्षबीचको आक्रमण तीव्र बनेको छ । यसले बाब–एल–मन्देब जलमार्ग समेत उनीहरूको प्रभाव बढाउने सम्भावना देखिएको छ ।

यो मार्गलाई लाल सागर एडेनको खाडीसँग जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो र स्वेज नहर हुँदै हुने विश्वव्यापी व्यापारका लागि यसको ठूलो रणनीतिक महत्व छ ।

यमनमा सन् २०२२ मा भएको युद्धविरामपछि लामो समयसम्म तुलनात्मक रूपमा शान्त रहेको अवस्था पछिल्लो समय फेरि बिग्रिएको हो । अहिलेको तनावले यमन पुनः व्यापक गृहयुद्धतर्फ फर्किन सक्ने चिन्ता बढाएको छ ।

मोखा कब्जा र लाल सागर क्षेत्रमा हुथीको बढ्दो उपस्थितिले इरान–अमेरिका तनावसँग जोडिएको क्षेत्रीय युद्धलाई थप जटिल बनाउने र विश्वव्यापी ऊर्जा तथा समुद्री व्यापारमा समेत असर पार्न सक्ने विश्लेषण भइरहेको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...
111111111111111111-1788241747 (1)

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब  आवश्यक

काठमाण्डौ – भोटेकोशी बाढीका कारण ६७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।...
Capture-4 (1)

चितवनको शिवनगर युवाले भजन गाएर बाढीपीडितलाई जुटाएको ८० हजार ८० प्रधानमन्त्री कोषमा जम्मा

चितवन, भदौ २६- भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सहयोग जुटाउन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०