"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एनभीएलमा काठमाण्डौले खप्तडलाई ३–२ ले हरायो, प्लेअफमा आज कर्णालीसँग खेल्ने

Table of Content

काठमाण्डौ – काठमाण्डौ रेड्सले नेपाल भलिबल लिग (एनभीएल) को लिग चरणको खेलमा खप्तड फाल्कन्सलाई ३–२ को सेटमा पराजित गरेको छ ।

काठमाण्डौले खप्तडविरुद्ध पहिलो सेट १९–२५ ले गुमाए पनि दोस्रो सेटमा २५–१८ को जित निकाल्दै खेल बराबरीमा ल्याएको थियो । तेस्रो सेट २०–२५ ले खप्तडले जितेपछि काठमाण्डौ दबाबमा परेको थियो ।

तर चौथो सेटमा काठमाण्डौले २५–१९ को जित निकाल्दै खेल पाँचौँ तथा निर्णायक सेटमा पुर्‍यायो । निर्णायक सेटमा काठमाण्डौले १५–१३ को जित निकाल्दै ३–२ को जित हात पारेको हो । यो जितसँगै काठमाण्डौले लिग चरणमा १० अंक जोडेको छ ।

काठमाण्डौ यसअघि नै प्लेअफमा पुगिसकेको थियो । यसअघि हिजो भएको खेलमा कर्णाली शिवराजले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गरेको छ । कर्णाली पनि प्लेअफमा पुगिसकेको छ ।

हिजै अर्को खेलमा अन्नपूर्ण स्पाइकर किंग्सले सगरमाथा स्म्यासर्सलाई ३–१ को सेटमा पराजित गर्दै १२ अंकसहित लिग चरणको शीर्ष स्थानमा रहेर सोझै फाइनलमा स्थान बनाएको छ । लगातार तेस्रो हार बेहोरेसँगै सगरमाथा स्म्यासर्स प्रतियोगिताबाट बाहिरिएको छ ।

अब फाइनल प्रवेशका लागि काठमाण्डौ रेड्स र कर्णाली शिवराजबीच आज बेलुका ६ बजे प्लेअफ खेल हुनेछ । लिग चरणमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने प्रावधानअनुसार यी दुई टोलीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

एनभीएलको फाइनल खेल भने भोलि शनिबार हुनेछ । प्रतियोगितामा ६ टोली सहभागी छन् । पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपालमा पहिलोपटक आयोजना भएको हो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...
111111111111111111-1788241747 (1)

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब  आवश्यक

काठमाण्डौ – भोटेकोशी बाढीका कारण ६७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।...
Capture-4 (1)

चितवनको शिवनगर युवाले भजन गाएर बाढीपीडितलाई जुटाएको ८० हजार ८० प्रधानमन्त्री कोषमा जम्मा

चितवन, भदौ २६- भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सहयोग जुटाउन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०