"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा शपथ र पदभार ग्रहण

Table of Content

काठमाण्डौ – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री वालेन्द्र  शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गर्नुभएको हो । राष्ट्रपति भवन शीतलनिवासमा हिजो बेलुकी भएको समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

साह सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुनुहुन्छ । यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहनुभएकी गौरीकुमारी यादवले हिजो नै पदबाट राजीनामा दिनुभएको थियो ।

काठमाण्डौ उपत्यकामा लामो समयदेखि खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला अस्ति संसदीय समितिको बैठकमा ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिपछि यादव आलोचनामा पर्नुभएको थियो ।

उद्योग समितिको बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीको भूमिकामाथि प्रश्न उठाउँदै कडा अभिव्यक्ति दिनुभएको थियो । राजीनामापछि रिक्त भएको मन्त्रालयको जिम्मेवारी साहलाई दिइएको हो । शपथ लिएलगत्तै मन्त्री साहले मन्त्रालय पुगेर पदभारसमेत ग्रहण गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै उहाँले विगतका काम र प्रगतिको जानकारी लिएर मन्त्रालयको काम अघि बढाउने बताउनुभएको छ । ग्यास आपूर्तिका विषयमा भने मन्त्रालयभित्र छलफल गरेर नागरिकको आवश्यकता अनुसार काम गर्ने उहाँको भनाइ छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...
111111111111111111-1788241747 (1)

भोटेकोशी बाढी : सामाजिक क्षेत्रको पुनरुत्थानका लागि मात्रै एक खर्ब  आवश्यक

काठमाण्डौ – भोटेकोशी बाढीका कारण ६७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।...
Capture-4 (1)

चितवनको शिवनगर युवाले भजन गाएर बाढीपीडितलाई जुटाएको ८० हजार ८० प्रधानमन्त्री कोषमा जम्मा

चितवन, भदौ २६- भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि सहयोग जुटाउन...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०