"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

मासुको तुलनामा ग्यासको मूल्य सस्तो रहेको दाबी

Table of Content

काठमाण्डौ  – नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्य उपभोग्य वस्तुको तुलनामा एलपी ग्यासको मूल्य अझै सस्तो रहेको दाबी गर्नुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘बाढीपहिरोपछिको आपूर्ति तथा मूल्य श्रृङ्खलामा परेको प्रभाव र देखिएका चुनौती’ विषयक अन्तरक्रियामा बोल्दै उहाँले निगमले प्रतिसिलिण्डर ४ सय रुपैयाँ घाटा व्यहोरेर ग्यास बिक्री गरिरहेको जानकारी दिनुभयो ।

साहले बजारमा एक किलो मासुको मूल्य १७ देखि १८ सय रुपैयाँ पर्ने र त्यो एक छाकमै सकिने भए पनि करिब २१ सय रुपैयाँ पर्ने एक सिलिण्डर ग्यासले एउटा परिवारलाई दुई महिनासम्म पुग्ने बताउनुभयो । त्यसैले ग्यासको मूल्यलाई अन्य वस्तुसँग तुलना गरेर हेर्नुपर्ने उहाँको भनाइ छ ।

नेपालमा ग्यास उत्पादन नहुने र पूर्ण रूपमा आयातमा निर्भर रहनुपर्ने भएकाले मूल्यभन्दा आपूर्तिको सहजतालाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

बाढीपहिरोका कारण आपूर्ति प्रणालीमा चुनौती थपिए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै आपूर्ति सहज बनाउन निगमले अधिकतम प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Nagendra-1788599102

मासुको तुलनामा ग्यासको मूल्य सस्तो रहेको दाबी

काठमाण्डौ  – नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्य उपभोग्य वस्तुको तुलनामा एलपी ग्यासको...
Captur-bige-1788600085

नुवाकोटको तादी नदीमा बेलीब्रिज निर्माण कार्य तीव्र

काठमाण्डाै  – नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको तादी नदीमा एक्रोब्रिज निर्माण गरिरहेको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०