"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एक हजार ३० शव माटोमुनि व्यवस्थापन

Table of Content

काठमाण्डाै – भोटेकोशी बाढीपछि फेला परेका एक हजार ३४४ मध्ये एक हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ ।

फेला परेका शवको पहिचानका लागि डिएनए नमूना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी अहिलेसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ पहिचान नखुलेका शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका एक हजार १२ वटा डिएनए नमूना सङ्कलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

व्यवस्थापनका क्रममा हरेक शवको सङ्केत/कोड नम्बर जमिनमुनि तथा माथि राखिएको छ । त्यस्तै शव व्यवस्थापन गरिएको ठाउँको ‘जिपिएस लोकेशन’, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन् ।

भविष्यमा कुनै परिवार÷आफन्तले आफ्नो सदस्यका रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानुनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता काफ्लेले उल्लेख गर्नुभयो । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Nagendra-1788599102

मासुको तुलनामा ग्यासको मूल्य सस्तो रहेको दाबी

काठमाण्डौ  – नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले अन्य उपभोग्य वस्तुको तुलनामा एलपी ग्यासको...
Captur-bige-1788600085

नुवाकोटको तादी नदीमा बेलीब्रिज निर्माण कार्य तीव्र

काठमाण्डाै  – नेपाली सेनाले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा रहेको तादी नदीमा एक्रोब्रिज निर्माण गरिरहेको छ ।...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०