काठमाण्डाै – ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।
भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।
पाटन कृष्ण मन्दिर परिसरमा भक्तजनहरूको सुविधाका लागि मङ्गल टोल सुधार समितिले स्वास्थ सेवा र पानीको व्यवस्थापन गरेको छ । लाइन व्यवस्थापनका लागि स्काउट, ललितपुर महानगर प्रहरीहरू खटिएका छन् । साथै शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समन्वय र सहजीकरण गरिरहेका छन् ।
आज देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड रहेको छ ।
