"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

Table of Content

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट हिजो तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् ।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले तातोपानी नाका हुँदै नेपाल पठाएको हो ।

रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली हिजो तातोपानी नाका हुँदै नेपाल आइपुगेका उहाँले बताउनुभयो । अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि यो नाका खुुला रहेको छ ।

नेपाल फर्किनेमा धेरै सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका छन् । रसुवागढी नाका र पासाङल्हामु राजमार्ग बाढीका कारण कटानमा परेपछि अस्थायी पास लिएर केरुङ पुगेका नेपाली अलपत्र परेका थिए ।

नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा झण्डै एक हजार ६०० नेपाली रहेको अनुमान छ । तीमध्ये नेपाल फर्किनका लागि ८०० जनाले नाम टिपाएका छन् । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि त्यस क्षेत्रमा रहेका नेपाली नागरिक प्रभावित भएका छन् ।

केही नागरिक अझै सम्पर्कविहीन छन् भने चीनतर्फ सुरक्षित अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

mustanggg_OCFZXt04SZ

भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने

काठमाण्डौ – मुस्ताङमा आउँदो भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने...
tatopani-1788496946

बाढीमा फसेका ११४ नेपाली तातोपानी नाका हुँदै नेपाल फर्किए

काठमाण्डौ – रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट हिजो तातोपानी...
balendra_shah_IlJzwZ045V

प्रधानमन्त्री कोषमा ६ अर्ब रुपैयाँ जम्मा, कुल रकम ८ अर्ब नाघ्यो

काठमाण्डौ — विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम...
1788235343-oCbRO-1788241745

बाढीका कारण ३ खर्ब ८७ अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान

काठमाण्डौ – सरकारले रसुवाको भोटेकोशी बाढीका कारण झण्डै ४ खर्बको क्षति भएको अनुमान गरेको छ...
791317538_1552833346873040_7196527525538779614_n-1788336285

अस्ट्रेलियाविरूद्ध पहिले बलिङमा नेपाल

अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अहिले दोस्रो एकदिवसीय खेल खेलिरहेको छ। अस्ट्रेलियाको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०