"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

Table of Content

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट अहिलेसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये तीन हजारभन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ । उद्धार गरिएका व्यक्तिलाई सुरक्षित ठाउँमा राखेर आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम भइरहेको छ ।

सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन गरिएको प्राधिकरणको भनाइ छ ।

यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा गरी एक हजार २५९ शव फेला परेका छन् । भोटेकोशी बाढीबाट प्रभावितमध्ये अहिलेसम्म पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ ।

भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको सरकारको भनाइ छ । 

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

patan-krishna-mandir-1788514983

पाटन कृष्ण मन्दिरमा भक्तजनकाे भीड

काठमाण्डाै – ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि...
5-1788521159

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत...
2-1788520186

दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो

काठमाण्डाै – दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले चौलानी (चमेलिया) नदी थुनिएको छ । माथिबाट आएको...
1-1788510532

त्रिशूली–३ ‘ए’ सुरुङबाट एउटा शव निकालियो

काठमाण्डाै – माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन् ।...
1-1788506296 (1)

नेपाल ‘ए’ क्रिकेट टोलीको लगातार दोस्रो हार

काठमाण्डाै – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ टोलीले एकदिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०