"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री शाह अमेरिका जाने तयारी

Table of Content

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने अमेरिका जाने हुनुभएको छ । यसबारे औपचारिक निर्णय हुन भने बाँकी छ । महासभामा उहाँले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी छ ।

संयुक्त राष्ट्रसंघको ८१औं महासभा यही भदौ २३ गते न्यूयोर्कको राष्ट्रसंघको मुख्यालयमा शुरु हुँदैछ । महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि शुरु हुनेछ । नेपालमा बाढीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा कुटनीतिज्ञहरुले आग्रह गर्दै आएका छन् ।

यसअघि भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो । तर गएको भदौ १० गते रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएपछि जलवायु परिवर्तनजन्य विपद्बाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री महासभामा जानुपर्ने माग उठेको थियो ।

प्रधानमन्त्री सहभागी हुने भए उहाँले महासभाको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको विपद, त्यसको मानवीय तथा भौतिक क्षति र जलवायु न्यायको आवश्यकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने तयारी छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1788514033

बङ्गलादेशले नेपाललाई १० लाख डलर सहयोग गर्ने

काठमाण्डाै – बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर...
patan-krishna-mandir-1788514983

पाटन कृष्ण मन्दिरमा भक्तजनकाे भीड

काठमाण्डाै – ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि...
5-1788521159

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत...
2-1788520186

दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो

काठमाण्डाै – दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले चौलानी (चमेलिया) नदी थुनिएको छ । माथिबाट आएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०