"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

खोजी र उद्धारसँगै पूर्वाधार पुनर्निर्माणमा ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन

Table of Content

काठमाण्डाै – प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढीले क्षति गरेको पूर्वाधारकाे पुनर्निर्माणलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुनर्निर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो ।

विशेषगरी सुरुङलगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढाउनुपर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष गजुरेलले जानकारी दिनुभयो ।

साथै पुल तथा अस्थायी सडक निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क सञ्जाल बढाउन समितिले निर्देशन दिएको छ । विद्युत् आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ ।

समितिले विपद‍्बाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा जलविद्युत् आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र, विदेशी सरकार, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाबाट आर्थिक, प्राविधिक, उपकरण तथा सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ ।

समितिले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिका लागि हरितगृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरेलले जानकारी दिनुभयो ।

उहाँले विपद् व्यवस्थापनमा ‘संस्थागत स्मृति’ महत्त्वपूर्ण हुने भन्दै सरकारले विगतका विपद‍्बाट प्राप्त चेतावनी, अनुभव र सिकाइलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1788514033

बङ्गलादेशले नेपाललाई १० लाख डलर सहयोग गर्ने

काठमाण्डाै – बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर...
patan-krishna-mandir-1788514983

पाटन कृष्ण मन्दिरमा भक्तजनकाे भीड

काठमाण्डाै – ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि...
5-1788521159

एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्रमा

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली राहत...
2-1788520186

दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो

काठमाण्डाै – दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोले चौलानी (चमेलिया) नदी थुनिएको छ । माथिबाट आएको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०