"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चिपको कीर्तिमानी माग : दक्षिण कोरियाको निर्यात ६८ प्रतिशतभन्दा धेरैले बढ्यो

Table of Content

विश्व बजारमा सेमीकन्डक्टरको मागमा भएको अभूतपूर्व वृद्धिका कारण गएको अगस्ट महिनामा दक्षिण कोरियाको निर्यात ६८.७ प्रतिशतले बढेको छ ।

व्यापार, उद्योग तथा स्रोत मन्त्रालयका अनुसार अगस्टमा दक्षिण कोरियाको निर्यात बढेर ९८ अर्ब २५ करोड अमेरिकी डलर अर्थात् १४ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

योसँगै लगातार तेस्रो महिना दक्षिण कोरियाको मासिक निर्यात ९० अर्ब डलरभन्दा माथि रहेको छ ।

यस अवधिमा दैनिक औसत निर्यात ७२.५ प्रतिशतले बढेर ४ अर्ब ४७ करोड डलर पुगेको छ । दैनिक औसत निर्यात लगातार चौथो महिना ४ अर्ब डलरभन्दा माथि कायम रहेको छ ।

अगस्ट महिनामा दक्षिण कोरियाको आयात २२.५ प्रतिशतले बढेर ६३ अर्ब ५१ करोड डलर पुगेको छ । यससँगै देशको व्यापार बचत ३४ अर्ब ७५ करोड डलर पुगेको छ । व्यापार बचत लगातार तेस्रो महिना ३० अर्ब डलरभन्दा माथि रहेको छ ।

दक्षिण कोरियाका २० प्रमुख निर्यात वस्तुमध्ये १४ वटाको निर्यात बढेको छ । तीमध्ये सेमीकन्डक्टरको निर्यात सबैभन्दा धेरै २०९ प्रतिशतले वृद्धि भई ४६ अर्ब ६५ करोड डलर पुगेको छ । यो सेमीकन्डक्टर निर्यातको अहिलेसम्मकै उच्च स्तर हो ।

सेमीकन्डक्टरको निर्यात लगातार तीन महिना ४० अर्ब डलरभन्दा माथि रहेको छ । विश्वका ठूला प्रविधि कम्पनीहरू गुगल र अमेजनलगायतले कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ पूर्वाधारमा लगानी विस्तार गरिरहेकाले मेमोरी चिपको मूल्य बढ्दा निर्यात वृद्धिमा योगदान पुर्‍याएको मन्त्रालयले जनाएको छ ।

अमेरिकातर्फको निर्यात ८९.३ प्रतिशतले बढेर १६ अर्ब ५० करोड डलर पुगेको छ । दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) तर्फको निर्यात ७५.४ प्रतिशतले बढेर १९ अर्ब ९ करोड डलर पुगेको छ भने युरोपेली सङ्घतर्फको निर्यात १४.६ प्रतिशतले बढेर ६ अर्ब ६२ करोड डलर पुगेको छ ।

आयाततर्फ कच्चा तेल, प्राकृतिक ग्यास र कोइलासहित तीन प्रमुख ऊर्जा स्रोतको आयात १५.३ प्रतिशतले बढेर १२ अर्ब ६८ करोड डलर पुगेको छ ।

सेमीकन्डक्टर उत्पादन उपकरण बलियो मागका कारण गैरऊर्जा वस्तुको आयात पनि २४.४ प्रतिशतले बढेर ५० अर्ब ८३ करोड डलर पुगेको मन्त्रालयले जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

south-korea-port-1788251870

चिपको कीर्तिमानी माग : दक्षिण कोरियाको निर्यात ६८ प्रतिशतभन्दा धेरैले बढ्यो

विश्व बजारमा सेमीकन्डक्टरको मागमा भएको अभूतपूर्व वृद्धिका कारण गएको अगस्ट महिनामा दक्षिण कोरियाको निर्यात ६८.७...
chitwan-khelkud-2-1280x720 (1)

चितवनका खेलकुद संस्थाले लत्ताकपडा सहयोग गर्ने

भरतपुर । चितवनका खेलकुद संघसंस्थाले नुवाकोट र रसुवाको बाढीप्रभावित क्षेत्रमा दुई लाख बढीको सहयोग गर्ने...
1-1788246783

महिनाैँकाे तनावपछि ट्रम्पका ‘ड्राेन म्यान’ काे राजीनामा

अमेरिकी सेनाका सचिव ड्यान ड्रिस्कलले पदबाट राजीनामा दिनुभएकाे छ । झन्डै १८ महिना पदमा रहेपछि उहाँले...
1-1788244509

पाकिस्तानले ७ जना खेलाडीलाई टेस्ट टोलीबाट हटायो

काठमाण्डाै – लर्ड्समा घरेलु टोली इङ्ग्ल्यान्डसँगको दोस्रो टेस्टमा हार बेहोरेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०