"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

शव व्यवस्थापन गर्न थालिएको हो, अन्त्येष्टि होइन : प्रहरी

Table of Content

काठमाण्डौ – भोटेकोशी र त्रिशूलीको बाढीमा परेर ज्यान गुमाएकाहरूको शव व्यवस्थापनमा समस्या भएपछि सरकारले ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि गाड्न थालेको छ ।

शवको अन्त्येष्टि गर्न लागिएको भनी सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलिएपछि नेपाल प्रहरीले भिडियो सन्देश जारी गर्दै शवको अस्थायी व्यवस्थापन मात्रै गर्न लागिएको स्पष्ट पारेको छ ।

पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम ‘एयरटाइट ब्याग’मा राखेर जमिनमुनि व्यवस्थापन गर्न थालिएको प्रहरीले जनाएको छ ।

लामो समयसम्म शव बाह्य वातावरणमा रहँदा सड्ने प्रक्रियामा तीव्रता आई पानीका स्रोतलगायत विभिन्न माध्यमबाट महामारीको जोखिमसमेत बढ्न सक्ने भन्दै प्रहरीले यो प्रक्रियालाई शव दाहसंस्कार गर्न लागिएको रूपमा बुझ्नु नहुने स्पष्ट पारेको छ ।

यसलाई भविष्यमा सनाखत भएमा सम्बन्धित परिवारले शव प्राप्त गर्न सक्ने गरी सुरक्षित राखिएको भनी बुझ्न प्रहरीले आग्रह गरेको छ । निर्धारित ठाउँमा शवहरूलाई सम्मानजनक तथा सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गर्दा हरेक शवको कोड नम्बर जमिनमुनि तथा माथि राखी शव व्यवस्थापन गरिएको ठाउँको जिपिएस लोकेसन, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएको प्रहरीले जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

NEPAL-NUWAKOT-FLASHFLOOD-AFTERMATHXxjpbeE000036_20260828_PEPFN0A001

भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

त्रिशूली (नुवाकोट), भदौ १५ – भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा बढीको...
IMG_3161

चितवनमा रसुवा भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन कक्ष स्थापना

नारायणगढ (चितवन),भदौ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन...
Iran-1788136302

जोर्डनको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको इरानको दाबी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी)ले जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको...
UDYOG_6QHxoc7iyP

पृथ्वीराजमार्ग अवरुद्ध भए पनि काठमाण्डौमा अत्यावश्यक सामग्री अभाव नहुने

काठमाण्डौ — काठमाण्डौ जोड्ने मुख्य सडक नागढुंगा–मुग्लिन खण्डको कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाण्डौ उपत्यकामा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०