"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

प्रचण्डसँग भेटपछि मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार भयो नेकपाकाे असन्तुष्ट पक्ष

Table of Content

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने भएका छन् । मंगलबार दिउँसो पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार भएको हो । 

असन्तुष्ट सांसदहरूले राप्रपासँग सत्ता साझेदार गरेको, नेकपा र नेकपा एमालेबिच भएको पाँच बुँदे निर्देशन अनुसार मन्त्रालय भागबन्डा नभएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । सत्ता सहकार्यको विषयमा केन्द्रीय संयोजन समितिको बैठकले निर्णय गर्ने सहमति अनुसार मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णय भएको सांसद गङ्गानारायण श्रेष्ठले रातोपाटीलाई बताए । 

‘राप्रपासँग सत्ता सहकार्य गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा संयोजक प्रचण्डसँग वैचारिक र राजनीतिक संवाद भयो । यस विषयमा केन्द्रीय संयोजन समिति बैठकले निर्णय गर्छ’, श्रेष्ठले भने, ‘बैठकले सहमति सही थियो भने ठिकै छ । ठिक थिएन भने विश्वासको मत फिर्ता लिन पनि सकिन्छ । उहाँले अहिले विश्वासको मत दिनोस्, बाँकी विषय बैठकमा छलफल गरौँला भन्नुभयो ।’

केन्द्रले गरेको निर्णयप्रति नेकपा केन्द्रीय संयोजन समितिका सदस्य रहेका श्रेष्ठ सहित कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठ असन्तुष्टि जनाएका थिए ।

यीमध्ये कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ साबिक एकीकृत समाजवादीतर्फका हुन् भने बाँकी माओवादी केन्द्रका सांसद हुन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

birganj-karakhana (1)

सरकारी कार्यदलद्वारा वीरगञ्ज चिनी कारखानाको स्थलगत निरीक्षण

९ भदौं, वीरगञ्ज । लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुन: सञ्चालनको सम्भाव्यता अध्ययन...
sugur_uddhog_75qSgwUoWZ_ABVpBFY9Rk

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यताबारे स्थलगत अध्ययन सुरु

वीरगन्ज : करिब २५ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना (मिल) पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न...
kiran-thapa_ujVJcZQOFZ

प्रचण्डसँग भेटपछि मुख्यमन्त्री थापालाई विश्वासको मत दिन तयार भयो नेकपाकाे असन्तुष्ट पक्ष

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने...
786543137_1801688105294543_9140151216721884737_n-1280x720 (1)

वीरेन्द्र क्याम्पसमा खुल्ला रक्तदान तथा रक्तसमूह परीक्षण कार्यक्रम हुँदै

भरतपुर । वीरेन्द्र बहुमुखी क्याम्पसको युवा रेडक्रस सर्कलको आयोजनामा खुल्ला रक्तदान तथा रक्तसमूह परीक्षण कार्यक्रम...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०