"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

चितवनमा जुवातास खेलिरहेका घरधनीसहित १४ जुवाडे पक्राउ, ८२ हजार रुपैयाँभन्दा बढी नगद बरामद

Table of Content

चितवन, भदाै २-

चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ खोलेसिमलमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवका अनुसार स्थानीय ५१ वर्षीय कृष्ण लामाको घरमा जुवातास खेल भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

गत साउन २८ गते दिउँसो १२ बजे प्रहरी वरिष्ठ नायव निरीक्षक जीवन सुनारीको कमाण्डमा खटिएको ‘क्याप’ टोलीले घरधनी लामाको भान्छाकोठामा छापा मारेको थियो। छापा मार्ने क्रममा घरधनी कृष्ण लामासहित रत्ननगर-१५ का भीमबहादुर तामाङ (३९) र अमन लामा (४६), कालिका-६ का वीरबहादुर तामाङ (५४), अमृत लामिछाने (४४), सूर्य मगर (५५), विष्णुलाल श्रेष्ठ (४४), सन्तोष लामिछाने (३९) र विजय थापा (४३) पक्राउ परेका हुन्।

यसैगरी कालिका-१ का चन्द्रकान्त सुवेदी (५२), कालिका-७ का राजु केसी (५२), भरतपुर-१५ का अमित गुरुङ (४३), तनहुँ देवघाट-१ का चन्द्र गुरुङ (३२) र गोरखा आरुघाट घर भई हाल रत्ननगर-१५ बस्ने मिठे सुर्खेती (३८) लाई पनि प्रहरीले जुवाको खालबाटै नियन्त्रणमा लिएको छ।

प्रहरीले जुवाको खालबाट १३ हजार ९५५ रुपैयाँ र पक्राउ परेका व्यक्तिहरूको साथबाट थप ६८ हजार ९५० रुपैयाँ गरी जम्मा ८२ हजार ९०५ रुपैयाँ नगद बरामद गरेको छ। साथै घट्नास्थलबाट ४ बुक तास र १४ थान मोबाइल समेत जफत गरिएको छ। पक्राउ परेका व्यक्तिहरू, नगद र मोबाइलसहित आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरी चौकी खोलेसिमल तथा इलाका प्रहरी कार्यालय टाँडीको मुचुल्का टोलीलाई जिम्मा लगाई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

WhatsApp-Image-2026-08-18-at-10.48.38-AM (2)

चितवनमा जुवातास खेलिरहेका घरधनीसहित १४ जुवाडे पक्राउ, ८२ हजार रुपैयाँभन्दा बढी नगद बरामद

चितवन, भदाै २- चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ खोलेसिमलमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई...
opmcm_FNGMsZz6C8

मल नीतिसम्बन्धी अध्ययन गर्न कार्यदल गठन

काठमाण्डौ — सरकारले मलसम्बन्धी देखिएका समस्याहरूको अल्पकालीन र दीर्घकालीन समाधानसहितको विकल्प सिफारिस गर्न कार्यदल गठन...
Int-pic-1787025369

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसको एक अदालतद्वारा नेता श्लोसबर्गलाई ११ वर्षको जेल

रुसको राजधानी मस्कोमा रहेको एक अदालतले युक्रेन युद्धको विरोध गर्ने प्रमुख प्रतिपक्षी नेता लेभ श्लोसबर्गलाई...
balen_shah_z33FOGOdyN

संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची

काठमाण्डौ — प्रतिनिधिसभामा यही भदौ १० गते बुधवार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर...
Scott_Kuggeleijn_final_Jt3R38r8e3

एनपीएलको तेस्रो सिजन पनि न्युजिल्यान्डका कुगेलेइनले सुदूरपश्चिमबाटै खेल्ने

काठमाण्डौ — न्युजिल्यान्डका बलर स्कट कुगेलेइनलाई सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा पनि...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०