"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी

Table of Content

काठमाण्डाै – सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन जारी गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन २०८३’ स्वीकृत गरी देशैभरका सरकारी निकायहरूमा प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यो मार्गदर्शन लागू भएसँगै सेवा प्राप्त गर्नका लागि पेश गरिने निवेदन देशैभर एउटै र निश्चित ढाँचाको हुनेछ ।

यसअघि सरकारी कार्यालयपिच्छे फरक–फरक तरिकाले निवेदन लेख्नुपर्ने विविधता र अन्याेललाई हटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने लक्ष्य राखिएको छ ।

साथै परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः प्रविधिमैत्री बनाइनेछ । आवेदनहरू डिजिटल ढाँचामा समेत उपलब्ध हुने भएकाले भविष्यमा सरकारी सेवाहरू अनलाइन वा मोबाइल एपमार्फत सजिलै लिन सकिने बाटो खुलेको छ ।

यस व्यवस्थाले निवेदन भर्न सेवाग्राहीलाई हुने झन्झट अन्त्य गर्नेछ भने कार्यालय परिसरमा पैसा कमाउने उद्देश्यले हुने अनधिकृत सेवा सहजीकरण अर्थात् बिचौलिया कार्यलाई निरुत्साहित गर्नेछ । मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुखलाई नै तोकिएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

pics1_Ac71sVZ9sZ

नेपालसहित दक्षिण एशियामा राजनीतिक उथलपुथलको मुख्य कारण रोजगार अभाव : आईएलओ

काठमाण्डाै – नेपाल, बङ्गलादेश र श्रीलङ्कामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव...
Yatra-News-Image_copy_S6JvkqepuI (1)

धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडित महिलाको आत्मदाह प्रयास

जनकपुरधाम । धनुषा जिल्ला अदालत अगाडि एक जना मिटरब्याज पीडित महिलाले आत्मदाहको प्रयास गरेकी छन्।...
opmcm-1786526058

देशभरका सरकारी कार्यालयमा निवेदनको ढाँचा एकै किसिमको बनाउन मार्गदर्शन जारी

काठमाण्डाै – सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउन नयाँ मार्गदर्शन...
1-1786516845

इरानकाे डरले ट्रकमा लुकेँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिना टर्किएमा इरानको डरका कारण आफूले ट्रकमा लुकेर विमान बदलेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०