"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते

Table of Content

एजेन्सी । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा शनिवार एउटा निजी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

प्रहरीकाअनुसार हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिव ३९३ किलोमिटर उत्तरमा पर्ने चम्बा जिल्लाको पहाडी सडकमा उक्त दुर्घटना भएको हो । गुडिरहेको बस सडकबाट चिप्लिएर तल रहेको अर्को सडकमा खसेको थियो ।

दुर्घटनाको समयमा बसमा कुल १८ जना सवार रहेको बताइएको छ । अधिकारीहरूले दुर्घटनाको यकिन कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसैबीच, हिमाचल प्रदेशमा जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

वर्षा र पहिरोका कारण राज्यका १८५ वटा सडकहरू बन्द भएका छन् । राज्य आपतकालीन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार गत जुन ३० मा मनसुन शुरु भएयता हिमाचल प्रदेशमा कुल १४३ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये ६५ जनाको वर्षाजन्य विपद्का कारण र ७८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको केन्द्रले जनाएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

balen-cabinet-1785917242

रास्वपा मन्त्रीहरूले महिनामा १ पटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम...
hari-dhakal-0982026094458-1000x0

रास्वपा सांसद भन्छन्– ‘सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो’

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले विगतका राजनीतिक परिवर्तनपछि ‘सिंहदरबार’को नाम परिवर्तन नगरिएकोमा असन्तुष्टि...
1786245858-CfXN0-e1786256175368

भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते

एजेन्सी । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा शनिवार एउटा निजी बस दुर्घटना हुँदा आठ जनाको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०