"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रास्वपा मन्त्रीहरूले महिनामा १ पटक पार्टी कार्यालयमा भेटघाट गर्नुपर्ने

Table of Content

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम शुरू गर्ने भएको छ ।

आफ्ना मन्त्रीहरू र आमनागरिकबीच प्रत्यक्ष संवाद गराएर जनउत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यका साथ यो नयाँ अभियान थाल्न लागेको रास्वपा सहमहामन्त्री असिम शाहले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको हो ।

विज्ञप्तिअनुसार सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा १ पटक अनिवार्यरूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनुपर्नेछ । भुइँमान्छेका आवाज र समस्यालाई सीधै राज्यको नीति निर्माण तथा कार्यान्वयनको तहसम्म पुर्‍याउन यो कार्यक्रमले सेतुको काम गर्ने पार्टीको विश्वास छ ।

हरेक महिना सञ्चालन हुने यो कार्यक्रमलाई रास्वपाले २ चरणमा विभाजन गरेको छ । पहिलो चरणमा नागरिक संवाद हुनेछ । बेलुका ५ देखि ६ बजेसम्मको १ घण्टा पूर्णरूपमा सर्वसाधारणका लागि खुला रहनेछ । जहाँ नागरिकले आफ्ना गुनासा, अपेक्षा र सुझाव मन्त्रीसमक्ष सोझै राख्न पाउनेछन् ।

यस्तै दोस्रो चरणमा नेतृत्व संवाद हुनेछ । बेलुका ६ बजेपछि मन्त्री, पार्टीका केन्द्रीय सदस्य र सांसदहरूबीच संयुक्त बैठक बस्ने विज्ञप्तिमा भनिएको छ । यो बैठकमा नागरिकबाट आएका सुझाव र देशको समसामयिक नीतिगत विषयमा सघन छलफल गरी पार्टीको धारणा तय गरिने रास्वपाले जनाएको छ ।

1-1786265279.jpg

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०