"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

रास्वपा सांसद भन्छन्– ‘सिंहदरबारको नाम परिवर्तन गरेर अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो’

Table of Content

काठमाडौँ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले विगतका राजनीतिक परिवर्तनपछि ‘सिंहदरबार’को नाम परिवर्तन नगरिएकोमा असन्तुष्टि जनाएका छन् । रास्वपा सांसद तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले सिंहदरबारको नाम परिवर्तन नगरिएकोमा आपत्ति जनाएका हुन् ।

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा रास्वपा सांसद ढकालले सिंहदरबारको नाम परिवर्तन नगरेकोमा असन्तुष्टि जनाएका हुन् । मुलुकको प्रमुख प्रशासनिक केन्द्र ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

मुलुकको राजनीतिक परिवर्तन पछाडि विमानस्थलका नाम परिवर्तन भएको तर सिंहदरबारको नाम भने परिवर्तन नगरिएको उनको भनाइ थियो । ‘परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो, मतलब अब एयरपोर्टहरूका कहाँ-कहाँ नाम परिवर्तन भए,’ ढकालले भने, ‘त्यो सिंहदरबार भन्ने चाहीँ, न हामीसँग सिंह छ, हैन ? हामीसँग सिंह छैन । त्यो सिंहदरबार भन्ने चिजको नाम परिवर्तन भएन । त्यसलाई ‘अनामनगर दरबार’ राख्दिएको भए हुन्थ्यो होला ।’ ढकालले सिंह नभएको दरबारको नाम सिंहदरबार राखिराख्न  नहुने तर्क गरेका हुन् । 

शासन शैलीको पुरानै अभ्यास कायमै रहेको पनि सांसद ढकालको भनाइ थियो । राजनीतिक परिवर्तनपछि प्रशासनिक केन्द्रको संरचना र भाषामा विद्यमान परम्परागत शैलीलाई चिर्नुपर्ने उनको भनाइ थियो । 

सांसद ढकालले नाम मात्र नभई सिंहदरबारको कार्यशैली र प्रवृत्तिमा समेत परिवर्तनको आवश्यकता रहेको बताए । प्रशासनिक केन्द्रको ‘मुहान’ मा सुधार हुनुपर्ने र पुरानो सोच तथा भाष्यलाई चिर्नुपर्ने उनको भनाइ थियो ।  

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

upendra-yadav_j3lS1ILJ07

संविधान संशोधन वा पुनर्लेखन नभएसम्म हामी संविधान विरोधी नै रहन्छौँ : उपेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव नेपालको राजनीतिक इतिहासमा पटक–पटक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०