"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

ब्राजिलका भिनिसियस जुनियरद्वारा रियल म्याड्रिडसँग ६ वर्षको सम्झौता

Table of Content

ब्राजिलका विङ्गर भिनिसियस जुनियरले स्पेनिस क्लब रियल म्याड्रिडसँग नयाँ ६ वर्षे सम्झौता गरेका छन् । नयाँ सम्झौताअनुसार उनी अब सन् २०३२ जुन ३० सम्म सान्टियागो बेर्नाबेउमै रहनेछन् ।

२६ वर्षीय भिनिसियसको अघिल्लो सम्झौताको अवधि समाप्त हुन अब एक वर्ष मात्र बाँकी रहेको छ । पछिल्ला केही हप्तायता उनीप्रति इंग्लिस क्लब आर्सनलले पनि चासो देखाएको चर्चा चलेको थियो । तर रियल म्याड्रिडले हिजो मात्रै नयाँ सम्झौताको औपचारिक घोषणा गर्दै दुवै पक्षबीच सहमति भएको जनाएको हो ।

नयाँ सम्झौतापछि भिनिसियसले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘बेर्नाबेउमा बिताएका आठ वर्ष निकै छोटा लागे, अब थप छ वर्ष, त्यसपछि सधैंका लागि’ भनेर लेखेका छन् । रियल म्याड्रिडले पनि विज्ञप्तिमार्फत भिनिसियसलाई क्लबको सफल इतिहासका सबैभन्दा महत्वपूर्ण खेलाडीमध्ये एक भएको उल्लेख गरेको छ ।

सम्झौताबारे दुवै पक्षबीच पछिल्लो झण्डै १८ महिनादेखि वार्ता चलिरहेको थियो । केही समय वार्ता रोकिए पनि रियलले नयाँ प्रस्ताव गरेपछि सहमति भएको जनाइएको छ । भिनिसियस सन् २०१८ मा ब्राजिलको फ्लामेङ्गो बाट रियल म्याड्रिड आएका थिए । त्यसयता उनले सबै प्रतियोगितामा ३७५ खेलमा १२८ गोल गरेका छन् ।

ब्राजिलको राष्ट्रिय टोलीबाट उनले ५४ खेलमा १३ गोल गरेका छन् । उनको योगदानमा रियल म्याड्रिडले दुई पटक यूईएफए च्याम्पियन्स लिग, तीन पटक ला लिगा तथा एक पटक कोपा डेल रे उपाधि जितेको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789966111

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई

काठमाण्डाै – पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको...
1-1789954922 (1)

परराष्ट्रमन्त्री खनाल राष्ट्रसङ्घ महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाण्डाै – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...
buffalo-farming-1789960254

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेर मासिक एक लाख आम्दानी

काठमाण्डाै – वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला ? भन्ने जिज्ञासा मनमा थियो...
Giorgia-Meloni-1789971972

इटालीले विद्यालयमा बुर्का प्रतिबन्ध लगाउने, विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने

इटालीले विद्यालयमा अनुहार छोप्ने कपडा (बुर्का) मा प्रतिबन्ध लगाउने र कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित...
opmcm_FNGMsZz6C8

प्रधानमन्त्री राहत कोषमा झन्डै १५ अर्ब रुपैयाँ मौज्दात

काठमाण्डाै – प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम झन्डै १५ अर्ब रुपैयाँ पुगेको छ । प्रधानमन्त्री तथा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०