काठमाण्डौ – धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जीप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् ।
आज बिहान २ बजेतिर लापाबाट बोराङको लागि छुटेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको जीप अनियन्त्रित भई सडकबाट झण्डै ४०० मिटर तल खसेको हो ।
दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको ज्यान गएको सशस्त्र प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।
