"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बेल्चा चलाउने श्रमिकले दैनिक १७०० रुपैयाँ ज्याला पाउने मन्त्रीको घोषणा

Table of Content

काठमाण्डौ – भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरकारले विकास निर्माणका कार्यक्रम अघि बढाएको बताउनुभएको छ ।

हिजो बिहीवार जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको कार्यक्रममा उहाँले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अरु प्रदेशको तुलनामा मधेशमा बढी बजेट विनियोजन गरिएको बताउनुभयो ।

सरकारले सबैभन्दा बढी न्याय बेल्चा चलाउने श्रमिकलाई गरेको भन्दै उहाँले यही मङ्सिर महिनादेखि बेल्चा चलाउने श्रमिकले दैनिक १७०० रुपैयाँ कमाउने घोषणा पनि गर्नुभयो ।

अहिले बेच्ला चलाउने श्रमिकले दैनिक ५०० रुपैयाँ मात्रै आम्दानी गरिरहेको भन्दै उहाँले सरकारले श्रमिकको पारिश्रमिक बढाएकाले त्यसबाट मधेशका श्रमिक बढी लाभान्वित हुने दाबी पनि गर्नुभयो ।

माटो, बालुवा, गिट्टी, सिमेन्ट लगायतका सामग्री खन्ने, उठाउने, सार्ने वा मिलाउने काममा बेल्चा अर्थात साबेल प्रयोग गरेर शारीरिक श्रम गर्नेहरुलाई सामान्यतया ज्यामी वा अदक्ष/अर्धदक्ष निर्माण श्रमिकको श्रेणीमा राखिन्छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बेल्चा चलाउने श्रमिकले दैनिक १७०० रुपैयाँ ज्याला पाउने मन्त्रीको घोषणा

काठमाण्डौ – भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मधेश प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरकारले विकास निर्माणका कार्यक्रम अघि बढाएको बताउनुभएको छ । हिजो बिहीवार जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको कार्यक्रममा उहाँले सडक, खानेपानी, ढल निकास तथा ग्रामीण सडक पूर्वाधार निर्माणका लागि अरु प्रदेशको तुलनामा मधेशमा बढी बजेट विनियोजन गरिएको बताउनुभयो । सरकारले सबैभन्दा बढी न्याय...

सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनलमा, लुम्बिनीसँग उपाधि भिडन्त

काठमाडौँ — थारिन्दु रथ्नायकेले संयमित ब्याटिङ गरेपछि सुदूरपश्चिम रोयल्स शुक्रबार चितवन राइनोजलाई पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले क्वालिफायर २ मा चितवनलाई ३ विकेटले पराजित गर्‍यो । रथ्नायकेले अविजित ५३ रन बनाएपछि सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १ सय ३४ रनको लक्ष्य १९.५ ओभरमा १ सय ३६ रन...

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर

काठमाण्डौ – सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालाको जग्गा सम्बन्धी जिल्ला र उच्च अदालतका फैसला सदर गरेको छ । सर्वोच्चको पछिल्लो आदेशसँगै धर्मशालाको जग्गामा मारवाडी सेवा समितिको मोही हक नरहेको फैसला अन्तिम बनेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले मारवाडी सेवा समितिले दायर गरेको मुद्दा दोहोर्‍याएर हेरिपाऊँ भन्ने निवेदनमा अनुमति...

मकवानपुरको भीमफेदीमा जीप दुर्घटना : ३ जनाको ज्यान गयो, ७ जना घाइते

काटमाण्डौ – मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैँसे नजिकै त्रिभुवन राजपथमा यात्रुवाहक जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार रौतहटबाट काठमाण्डौको लागि छुटेको ना १ ज २१४३ नम्बरको जीप आज बिहान पौने ९ बजेतिर सडकबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । घाइते ७...

दुई महिनामा ८ सय ८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही

काठमाण्डौ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो २ महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गर्दै २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । उपभोक्तामाथि हुने ठगी, कालोबजारी, कृत्रिम मूल्यवृद्धि र व्यापारिक अनियमितता नियन्त्रण गर्ने उद्देश्यले दैनिक ५ देखि १० वटासम्म...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०