"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सुनसरीको कप्तानगञ्जमा झडप हुँदा एकजनाको ज्यान गयो, कर्फ्यु र निषेधाज्ञा जारी

Table of Content

काठमाण्डाै — सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद र झडपका क्रममा एकजनाको जनाको ज्यान गएको छ । १२ जनाभन्दा धेरै घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भिड नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको हो ।

गोली लागेर गम्भीर घाइते भएका मेहतालाई  उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिएको र उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ । घटनामा सशस्त्र प्रहरी निरीक्षकसहित ८ जना प्रहरीसहित अरु केही घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार आज साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि एउटा पक्षले रातिको समयमा ठूलो आवाजमा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ जाने तयारी गरिरहँदा अर्को पक्षले मध्यरातमा अनावश्यक होहल्ला भएको भन्दै विरोध गरेपछि दुई समूहबीच भनाभन भई झडपको स्थिति उत्पन्न भएको थियो ।

झडपले उग्र रूप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले शुरुमा अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि हवाई फायर गर्दा समेत अवस्था सामान्य हुन नसकेपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।  

यसैबीच जिल्ला प्रशासन कार्यालय सुनसरीले पाँचवटा इलाकामा कर्फ्यु लगाएको छ ।  प्रशासनले हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाएको हो ।

यस्तै हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको सबै क्षेत्रमा आज बेलुका ७ बजेसम्मका लागि ५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निषेधाज्ञा पनि लगाइएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

teej-2076-9-0292019064909_0KbwKCF1SJ

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड : चारै ढोका खुला

काठमाण्डौ – आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपतिनाथको...
808052775_122108694309464902_4180526666920376324_n-1789350374

टी–२० मा अफगानिस्तानमाथि भारतको सहज जीत

काठमाण्डौ – भारतले अफगानिस्तानलाई पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले हराएको छ । नयाँ दिल्लीको...
balbalika-1789351147

‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ नाराका साथ बालअधिकार दिवस मनाइँदै

काठमाण्डौ – आज राष्ट्रिय बाल अधिकार दिवस, ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नाराका साथ...
nepali-cricket-team-1789023534 (1)

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डाै – जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि...
1-1789292666 (1)

ओस्कार अवार्डमा नेपालबाट चलचित्र ‘तिनीहरू’ सिफारिश

काठमाण्डाै – सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड (ओस्कार) मा नेपालको प्रतिनिधित्व गर्दै...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०