"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

विद्यालयको लागि देउसी कार्यक्रम : दुई दिनमा साढे तीन लाख रुपैयाँ अर्थ सङ्कलन

Table of Content

भरतपुर (चितवन) । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा विद्यालयको शैक्षिक विकासमा सहयोग जुटाउने उद्देश्यले भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयद्वारा आयोजित दुईदिने बृहत् देउसीभैलो कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ।

तिहार–२०८३ को अवसरमा विद्यालयले कार्तिक २२ र २३ गते आफ्नो सेवाक्षेत्रभित्रका विभिन्न टोल तथा चोकहरूमा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा स्थानीय टोलवासीहरूको उत्साहजनक सहभागिता र सहयोग प्राप्त भएको विद्यालयले जनाएको छ।

भरतपुर–११ का वडाध्यक्ष एवम् देउसीभैलो मूल समारोह समितिका संयोजक कमलबहादुर मल्लले तिहारको सांस्कृतिक महत्त्वबारे प्रकाश पार्दै परम्परागतरूपमा देउसी गाउँदै कार्यक्रमको उद्घाटन गरेका थएि। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालको मौलिक जातीय भेषभूषामा सजिएर लोकगीतमा आकर्षक लोकनृत्य प्रस्तुत गरेका थिए।

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरू समेत देउसीभैलोमा सहभागी भई नाचगान गर्दै रमाउनुका साथै कार्यक्रममा सहयोग गरेका थिए। यसले नेपाली संस्कृति अन्तर्राष्ट्रिय समुदायमाझ समेत आकर्षणको विषय रहेको सन्देश दिएको विद्यालयले जनाएको छ।

कार्यक्रमबाट सङ्कलित रकम विद्यालयको शैक्षिक उन्नयन, सांस्कृतिक पक्षको विकासका लागि सङ्गीत कक्षको सुधार तथा जुनियर रेडक्रस सर्कल (जुरेस) कक्षको स्तरोन्नति र सबलीकरणमा खर्च गरिने विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले जानकारी दिए।

देउसीभैलो मनोरञ्जन र आर्थिक संकलनको माध्यम मात्र नभई नयाँ पुस्तालाई आफ्ना मौलिक चाडपर्व, लोकगीत, नाचगान र सामाजिक एकताको महत्त्व बुझाउने अवसरसमेत रहेको विद्यालयका सहप्रधानाध्यापक कुस्माखर न्यौपानेले बताए।

कार्यक्रमलाई सफल बनाउन ध्वनि तथा यातायात व्यवस्थापन उपसमितिको संयोजन शिक्षक वेदनाथ अधिकारीले, वाद्य सामग्री व्यवस्थापन उपसमितिको संयोजन सहप्रधानाध्यापक परशुराम बस्नेतले तथा स्वयंसेवक परिचालन र अनुशासन मूल्याङ्कन समितिको संयोजन शिक्षक श्रीप्रसाद खतिवडाले गरेका थिए। शिक्षकहरू कृष्ण सुदामा र तारादेवी बस्यालले देउसी भट्याउने तथा कार्यक्रम सञ्चालन गर्ने गरेका थिए।

दुई दिने कार्यक्रमबाट करिब साढे तीनलाख रुपैयाँ सहयोग सङ्कलन भएको आर्थिक उपसमितिका संयोजक शिक्षक नवराज पौडेलले जानकारी दिए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण टोलवासी, अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकप्रति विद्यालयले आभार व्यक्त गरेको छ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

विद्यालयको लागि देउसी कार्यक्रम : दुई दिनमा साढे तीन लाख रुपैयाँ अर्थ सङ्कलन

भरतपुर (चितवन) । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा विद्यालयको शैक्षिक विकासमा सहयोग जुटाउने उद्देश्यले भरतपुर महानगरपालिका–११ स्थित नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयद्वारा आयोजित दुईदिने बृहत् देउसीभैलो कार्यक्रम भव्यरूपमा सम्पन्न भएको छ। तिहार–२०८३ को अवसरमा विद्यालयले कार्तिक २२ र २३ गते आफ्नो सेवाक्षेत्रभित्रका विभिन्न टोल तथा चोकहरूमा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा स्थानीय...

छठको तयारीमा जनकपुरधाम, प्रधानमन्त्री बालेन पनि आउने

जनकपुरधाम । दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ । त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ र शृङ्गारिने काम सुरु भएको छ । त्यस्तै बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढेको छ । मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र...

छठ पर्वमा यस वर्ष पनि नेपाली सेनाले छठी माई र सूर्य भगवानलाई सलामी अर्पण गर्ने

वीरगञ्ज । लोकआस्थाको महापर्व छठ पूजाको अवसरमा नेपाली सेनाले यस वर्ष पनि छठी माई र सूर्य भगवानलाई सलामी अर्पण गर्ने भएको छ । छठ पर्वको मुख्य दिन कात्तिक २९ गते आइतबार साँझ वीरगञ्ज महानगरपालिका–१० स्थित घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको टोलीले विशेष विधिअनुसार सलामी अर्पण गर्ने कार्यक्रम रहेको छ । यसअघि दसैँको सप्तमीका दिन नवदुर्गा...

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली सूचीमा समेटिएकोमा बधाई दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिँदै जलवायु वित्त परिचालनका लागि पहल, स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधार लगायतको क्षेत्रमा लिएको नेतृत्व र अग्रसरता नेपालको लागि उल्लेखनीय...

देउसी–भैलो २४सै घण्टा सञ्चालन गर्न दिन गृह मन्त्रालयको निर्देशन

काठमाण्डौ – गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले हिजो ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै नेपाली मौलिक कला, संस्कृतिलाई प्रोत्साहन गर्ने तथा सामाजिक सद्भावको संरक्षण हुने गरी अनुशासित रूपमा देउसी भैलो सञ्चालन गर्न निर्देशन दिएको हो । देउसी–भैलो कार्यक्रम पूर्ण रूपमा...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०