भरतपुर–११ गणेशथानस्थित प्याव्सनको कार्यालयमा भएको अभिभावकसँगको छलफल कार्यक्रममा अध्यक्ष पुरीले यसअघि २०७६ साल र २०७९ सालमा दुई पटक शैक्षिक सत्रको बीच अर्थात् असोज वरपरमै शुल्क वृद्धि भएको बताए । ‘२०८२ मा पनि असोजमै शुल्क वृद्धि गर्न खोजेका थियौँ, त्यो बेला जेनजी आन्दोलन भयो, देश जलेको बेला शुल्क वृद्धि गर्न मन लागेन र अघि बढेनौँ’ अध्यक्ष पुरीले भने ।
उनका अनुसार चितवन जिल्लामा मात्र तीन÷तीन वर्षमा शुल्क वृद्धि हुने प्रचलन बसेको बताए । उनले भने, ‘एउटा विद्यालयको समस्याले सर्वोच्चमा रिट प¥यो, अनि तीन/तीन वर्षमा शुल्क वृद्धि गर्ने सर्वोच्चले जनायो । एउटा विद्यालयका कारण चितवनका सबै संस्थागत विद्यालयको शुल्क तीन÷तीन वर्षमा शुल्क बढ्ने प्रचलन बस्यो । राप्ती, माडी, कालिका र इच्छाकामनामा शुल्क वृद्धि गर्ने सहमत भइसकेको उनको दावी थियो ।
‘शुल्क बढेको ४० दिन भएको थियो, वृद्धि शुल्क लिन थालेका थियौँ, वृद्धि तलब खुवाउन थालिएको थियो, अचानक मिडियामा भरतपुरमा शुल्क वृद्धि स्थगित भयो भन्ने खबर पायौँ’ उनले भने, ‘स्थगितको विषयमा लिखित पत्र आएको छैन ।’ कक्षा नर्सरीदेखि १२ कक्षासम्मको शुल्क वृद्धि नगरी नहुने उनको भनाइ थियो ।
