"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

राप्तीमा अन्तरविद्यालयस्तरीय रंगोली प्रतियोगिता सम्पन्न, श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारको समूह प्रथम

Table of Content

चितवन । सशक्तीकरणका लागि हाम्रो अभियानको आयोजनामा तिहारको अवसर पारेर राप्ती नगरपालिकामा अन्तरविद्यालयस्तरीय रंगोली प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता राप्ती नगरपालिका–५ स्थित अग्निमा आयोजना गरिएको थियो।

प्रतियोगितामा राप्ती नगरपालिकाभित्रका ८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा मातृ सहयोग आधारभूत विद्यालय, श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटार, श्री भण्डारा माध्यमिक विद्यालय, साकुरा एकेडेमी, संग्रिला इङ्लिस बोर्डिङ स्कुल, माध्यमिक विद्यालय ब्रह्मनगर, नेपाल–कोरिया विज्डम स्कुल र आइरिस इङ्लिस स्कुलका विद्यार्थीहरू सहभागी भएका थिए।

प्रतियोगितामा माध्यमिक विद्यालय ब्रह्मनगरबाट २ समूह, श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारबाट ४ समूह तथा आइरिस इङ्लिस स्कुलबाट २ समूह सहभागी भएका थिए।

४५ मिनेटको समयसीमा निर्धारण गरिएको प्रतियोगिताको निर्णायकमा परश भण्डारी, पुष्कर पोखरेल र दिलीप दल्लाकोटी रहेका थिए।

प्रतियोगितामा श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारको समूह प्रथम भएको छ भने मातृ सहयोग आधारभूत विद्यालय द्वितीय र श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारकै अर्को समूह तृतीय भएको छ।

तिहारको सांस्कृतिक महत्त्व, सिर्जनशीलता र विद्यार्थीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

राप्तीमा अन्तरविद्यालयस्तरीय रंगोली प्रतियोगिता सम्पन्न, श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटारको समूह प्रथम

चितवन । सशक्तीकरणका लागि हाम्रो अभियानको आयोजनामा तिहारको अवसर पारेर राप्ती नगरपालिकामा अन्तरविद्यालयस्तरीय रंगोली प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता राप्ती नगरपालिका–५ स्थित अग्निमा आयोजना गरिएको थियो। प्रतियोगितामा राप्ती नगरपालिकाभित्रका ८ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा मातृ सहयोग आधारभूत विद्यालय, श्री राष्ट्रिय माध्यमिक विद्यालय महादेवटार, श्री भण्डारा माध्यमिक विद्यालय, साकुरा एकेडेमी, संग्रिला इङ्लिस बोर्डिङ...

बाघ फार्मबाट हुने अवैध व्यापार, जंगली बाघको पुनरुत्थान र संरक्षणमा चुनौती

काठमाडौँ । बाघको संख्या पुनः बढ्न थाले पनि बन्दी अवस्थामा बाघ पालिने फार्मबाट हुने अवैध व्यापारले जंगली बाघको संरक्षणमा चुनौती थपेको छ । संरक्षणका नाममा स्थापना गरिएका बाघ फार्महरूबाट बाघका अंग तथा शरीरका उत्पादनको अवैध कारोबार हुन सक्ने जोखिम रहेकाले त्यस्ता केन्द्रमाथि कडा निगरानी र पारदर्शिता आवश्यक रहेको संरक्षणकर्मीहरूले बताएका छन् । वन्यजन्तु तथा वनस्पतिको...

राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना निकालेर बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री वितरण गर्न लागेको जनाएको हो । राष्ट्र बैंकले प्रतिव्यक्ति साढे २ ग्राम सुनको असर्फीे एक थान तथा...

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

काठमाण्डौ – सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आउँदो पुस मसान्तसम्म थप गरेको छ । यसअघि यही कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा...

भारतीय विदेशसचिव मिश्रीले आज प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने

कागठमाण्डौ – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेट गर्दै हुनुहुन्छ । भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएर मिश्री आजै दिल्ली फर्किने कार्यक्रम छ । यसअघि हिजो भएका विभिन्न भेटवार्तामा प्रधानमन्त्री शाहको आसन्न...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०