"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

निकुञ्ज सडकको नयाँ इआइए प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण

Table of Content

कसरा । विश्वसम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता र वन्यजन्तुको सुरक्षालाई लिएर नयाँ इआइए प्रतिवेदन कार्यान्वयन चुनौतीपूर्ण मानिएको छ । विश्वसम्पदा क्षेत्रको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास निर्माणका कामले सम्पदाको विशिष्ट सार्वभौमिक मूल्यमा असर पार्ने सम्भावना बढेको हो ।

सडक निर्माणका क्रममा वनक्षेत्रको कटान, वन्यजन्तुको आवागमनमा अवरोध, प्राकृतिक बासस्थानको खण्डीकरण र मानवीय गतिविधिमा हुने वृद्धिबारे गम्भीर अध्ययन आवश्यक देखिन्छ । रुख कटान, वनक्षेत्रको उपयोग र वन्यजन्तुको बासस्थानमा पर्ने प्रभावलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषय आयोजनाको सबैभन्दा संवेदनशील पक्ष मानिन्छ ।

सडक स्तरोन्नतिको माग लामो समयदेखि उठ्दै आए पनि निकुञ्जको संवेदनशीलता, वन्यजन्तुको आवागमन, वातावरणीय प्रभाव र कानुनी प्रक्रियाका कारण आयोजना अघि बढ्न सकेको थिएन । अहिले नयाँ इआइए प्रतिवेदन तयार गरी मन्त्रालयमा पेस गरिएपछि आयोजना पुनः अघि बढेको हो । हुलाकी राजमार्ग निर्देशनालयले प्रतिवेदन तयार गरी स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरेपछि सडक निर्माणको प्रक्रिया अर्को चरणमा प्रवेश गरेको हो ।

विश्वसम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्जभित्र प्रस्तावित आयोजना अघि बढाउन युनेस्कोको सहमति पनि आवश्यक पर्ने विषय अझै टुङ्गिएको छैन । त्यसैले, सडक निर्माणको प्रक्रिया अघि बढे पनि आयोजना कहिलेदेखि भौतिकरुपमा सुरू हुन्छ भन्ने निश्चित भइसकेको छैन ।

मन्त्रालयले प्रतिवेदनमाथि सरोकारवालासँग रायसुझाव मागेको छ । प्रतिवेदन स्वीकृत भएपछि निर्माणको ठेक्का प्रक्रिया अघि बढाउने तयारी छ । मन्त्रालयबाट प्रतिवेदन स्वीकृत भएपछि आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी ठेक्का आह्वान गर्ने बाटो खुल्नेछ । तर, युनेस्कोसँगको सहमति र अन्य आवश्यक प्रक्रिया पूरा नभएसम्म निर्माणको अन्तिम चरणमा प्रवेश गर्न सकिने अवस्था छैन । युनेस्कोको सहमति नलिई निर्माण प्रक्रिया अघि बढाउँदा भविष्यमा आयोजना फेरि कानुनी तथा अन्तर्राष्ट्रिय विवादमा पर्न सक्ने जोखिम रहन्छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र सडक कालोपत्रे गर्ने विषय नयाँ होइन । यसअघि पनि सडक निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको थियो । तर, आवश्यक कानुनी प्रक्रिया र सरोकारवालासँगको परामर्श पूरा नगरी तयार गरिएको प्रतिवेदनका कारण आयोजना विवादमा परेको थियो ।

वन तथा वातावरण मन्त्रालयले २०७५ माघ १७ गते स्वीकृत गरेको पुरानो इआइए प्रतिवेदनलाई चुनौती दिँदै उपभोक्ता हित संरक्षण मञ्चले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । त्यसपछि सर्वोच्च अदालतले २०७५ फागुन १ गते उक्त प्रतिवेदन बदर गर्दै निकुञ्जभित्र सडक निर्माणसम्बन्धी काम अघि बढाउनुअघि आवश्यक परामर्श र सहमति लिन आदेश दिएको थियो । अदालतको आदेशका कारण सडक निर्माण प्रक्रिया लामो समय रोकिएको थियो ।

अदालतले चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, युनेस्को तथा अन्य सरोकारवाला निकायसँग परामर्श र सहमति लिएर वातावरणीय प्रभाव अध्ययन गर्नुपर्ने स्पष्ट गरेको थियो । आवश्यक वातावरणीय अध्ययनबाट अनुमति नपाएसम्म निकुञ्जभित्र सडक निर्माणसम्बन्धी काम नगर्न पनि आदेश दिइएको थियो ।

आयोजनाको अनुमानित लागत ९० करोड सात लाख ९२ हजार रूपैयाँभन्दा बढी छ । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । अब सरकार, हुलाकी राजमार्ग निर्देशनालय, निकुञ्ज प्रशासन, वन तथा वातावरण मन्त्रालय र युनेस्कोबीचको समन्वयले नै आयोजनाको भविष्य निर्धारण गर्नेछ ।

निकुञ्ज क्षेत्रभित्र पर्ने ७ किलोमिटर ८१३ मिटर सडकखण्डलाई करिब ९० करोड रूपैयाँ लागतमा कालोपत्रे गर्ने तयारी गरिएको हो । अहिले प्रयोगमा रहेको कसरा–ध्रुवघाट–बनकट्टा सडकभन्दा नयाँ मार्ग २.८९ किलोमिटर छोटो हुनेछ । छोटो मार्ग बनेमा यात्राको दूरी घट्नुका साथै इन्धन खर्च र यात्रा समयसमेत कम हुने अपेक्षा गरिएको छ ।

हुलाकी राजमार्ग निर्देशनालयले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार प्रस्तावित सडक निर्माणको कुल लागत ९० करोड ७ लाख ९२ हजार १०० रूपैयाँ अनुमान गरिएको छ । सडकको कुल चौडाइ १२ मिटर रहने प्रस्ताव छ । यसमध्ये सात मिटर कालोपत्रे र दायाँबायाँ साढे दुई–साढे दुई मिटर सोल्जर रहनेछन् ।

प्रस्तावित सडकको निर्माण क्षेत्र निकुञ्जभित्र मात्रै सीमित छैन । निकुञ्जसँग जोडिएको मध्यवर्ती वनक्षेत्रसमेत प्रभावित हुने देखिएको छ । इआइए प्रतिवेदनअनुसार सडक निर्माणका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रका एक हजार ९०० र मध्यवर्ती वनक्षेत्रका ९५ गरी कुल एक हजार ९९५ रुख काट्नुपर्ने अनुमान गरिएको छ । यसका साथै निकुञ्जभित्र १९.३६ हेक्टर र मध्यवर्ती वनमा ०.६४ हेक्टर गरी कुल २०.०१ हेक्टर क्षेत्र सडक संरचनाका लागि उपयोग हुने प्रस्ताव छ ।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

बाघ फार्मबाट हुने अवैध व्यापार, जंगली बाघको पुनरुत्थान र संरक्षणमा चुनौती

काठमाडौँ । बाघको संख्या पुनः बढ्न थाले पनि बन्दी अवस्थामा बाघ पालिने फार्मबाट हुने अवैध व्यापारले जंगली बाघको संरक्षणमा चुनौती थपेको छ । संरक्षणका नाममा स्थापना गरिएका बाघ फार्महरूबाट बाघका अंग तथा शरीरका उत्पादनको अवैध कारोबार हुन सक्ने जोखिम रहेकाले त्यस्ता केन्द्रमाथि कडा निगरानी र पारदर्शिता आवश्यक रहेको संरक्षणकर्मीहरूले बताएका छन् । वन्यजन्तु तथा वनस्पतिको...

राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आज र भोलि दुई दिन सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सार्वजनिक सूचना निकालेर बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका सिक्का बिक्री वितरण गर्न लागेको जनाएको हो । राष्ट्र बैंकले प्रतिव्यक्ति साढे २ ग्राम सुनको असर्फीे एक थान तथा...

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

काठमाण्डौ – सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आउँदो पुस मसान्तसम्म थप गरेको छ । यसअघि यही कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा...

भारतीय विदेशसचिव मिश्रीले आज प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने

कागठमाण्डौ – नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेट गर्दै हुनुहुन्छ । भ्रमणको दोस्रो दिन आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उहाँहरुबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएर मिश्री आजै दिल्ली फर्किने कार्यक्रम छ । यसअघि हिजो भएका विभिन्न भेटवार्तामा प्रधानमन्त्री शाहको आसन्न...

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

काठमाण्डौ –  सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।  अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा गएको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।  सुवेदीलाई हिजो अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०