"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब

Table of Content

काठमाडौँ । न्यायालयभित्रको शुद्धीकरण र न्यायाधीशहरूको आचरणमाथि प्रश्न उठेपछि न्याय परिषद्ले गर्ने छानबिन प्रक्रिया आफैँमा गम्भीर प्रश्नको घेरामा परेको छ ।

तत्कालीन प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको पालामा सुरु भएका र प्रतिवेदनसमेत बुझाइसकिएका उच्च अदालतको न्यायाधीशको छानबिनको विषय अझै अल्झिएको छ ।

न्यायाधीश उपर परेको उजुरीको छिटो फस्यौट गरेर टुंगोमा पुर्याउनुपर्ने विषय वर्तमान प्रधानन्यायाधीश मनोजकुमार शर्माको कार्यकालसम्म आइपुग्दा पनि ‘निर्णयको पर्खाइ’मा थन्किएका छन् ।

उच्च र जिल्ला अदालतका न्यायाधीशहरूमाथि लागेका गम्भीर आरोपहरूमा छानबिन पूरा भए पनि परिषद्को बैठक बस्न नसक्दा वा नेतृत्वले तदारुकता नदेखाउँदा न्यायपालिकाभित्रको दण्ड र पुरस्कारको व्यवस्था नै निष्प्रभावी देखिएको छ ।

नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमलाई ज्यान मार्ने कसुरमा सफाइ दिने जनकपुर उच्च अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनमाथिको छानबिन प्रतिवेदन परिषद्मा थन्किएको एक वर्षभन्दा बढी भइसक्यो ।

स्रोतका अनुसार सर्वोच्चका न्यायाधीश विनोद शर्माको समितिले उनीहरूलाई ‘सचेत गराउन’ सिफारिस गरे पनि परिषद्ले यसलाई अझै औपचारिक निर्णयमा पुर्‍याएको छैन । ज्यान मार्ने कसुरमा सफाइ पाएका आलमको मृत्यु भइसकेको छ । तर, उक्त विषयमा न्याय परिषदमा तानिएका न्यायाधीशउपर न सफाई न कारबाही अझै परिषद् टुंगोमा पुग्न सकेको छैन ।

न्याय परिषद्को यो ढिलासुस्ती र पारदर्शिताको अभावले गर्दा अब परिषद् आफैँ विपक्षी बनेर अदालत तानिने स्थिति सिर्जना भएको छ ।

तत्कालीन प्रधानन्यायाधीश राउतको पालामा तयार भएका प्रतिवेदनहरू वर्तमान प्रधानन्यायाधीश शर्माको पालामा पनि ‘तामेली’मा जाने वा निर्णय नहुने अवस्थाले न्यायालयको शुद्धीकरण अभियानलाई गिज्याइरहेको छ ।

अधिवक्ता प्रेमसिंह धामीले ललितपुर र पाटनका चार न्यायाधीश (पुष्पराज कोइराला, कृष्णराम कोइराला, चन्द्रमणि ज्ञवाली र टीकाराम आचार्य) विरुद्ध दिएको उजुरी ७ महिनासम्म पनि कुनै सुनुवाइ नभएपछि उनी सर्वोच्च अदालतमा गए । तर, सर्वोच्च अदातले रिट दर्ता गर्न अस्वीकार गरेपछि आफूले न्याय नपाइने रहेछ भनेर मतलब गर्न छाडेको अधिवक्ता धामी बताउँछन् ।

‘न्याय परिषद् ऐन अनुसार उजुरीको प्रारम्भिक छानबिन तीन महिनाभित्र सकिनुपर्छ, तर यहाँ महिनौँसम्म सूचना समेत दिइँदैन,’ धामी भन्छन्, ‘परिषदले निर्णय गर्दैन अदालतले यो हाम्रो कार्यक्षेत्र होइन, परिषद नै जानु भन्छ अब कहाँ जानु ?’ उनको प्रश्न छ ।

न्याय परिषद् ऐन २०७३ को दफा १०, ११ र १२ ले न्यायाधीशको कार्यक्षमता अभाव, खराब आचरण र बदनियतपूर्ण काममा पदमुक्त गर्नेसम्मको अधिकार परिषद्लाई दिएको छ ।

तर, तत्कालीन प्रधानन्यायाधीश राउतको पालामा तयार भएका प्रतिवेदनहरू वर्तमान प्रधानन्यायाधीश शर्माको पालामा पनि ‘तामेली’मा जाने वा निर्णय नहुने अवस्थाले न्यायालयको शुद्धीकरण अभियानलाई गिज्याइरहेको छ ।

अभिलेखमा २ सयको हाराहारीमा उजुरी रहेको र छानबिनको प्रक्रियामा रहेको न्याय परिषद्का सूचना अधिकारी कुवेर पाण्डे बताउँछन् । ’न्यायाधीशहरु उपरको परेको उजुरीको छानबिन प्रक्रिया चलिरहेको छ, उनले भने, उच्च अदालतका श्रीमानहरु उपर परेको उजुरीको विषयमा निर्णय लिन बाँकी छ ।’

प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकाको साख जोगाउन यी थन्किएका फाइलहरूमाथि तत्कालै निर्णय लिनु पर्ने चुनौती खडा भएको छ । यसअघि कामु प्रधानन्यायाधीशको हैसियतमा सपना प्रधान मल्लले न्याय परिषदको अध्यक्ष सम्हाल्दा न्यायाधीश उपर परेका उजुरी फास्ट ट्रयाकमा छानबिन गर्ने निर्णय लिएकी थिइन् ।

न्यायाधीशहरूमाथि परेका गम्भीर उजुरीहरूमा समयमै निर्णय नहुँदा एकातिर निर्दोष न्यायाधीशहरू अन्यायमा परेका छन् भने अर्कातिर दोषीहरूले उन्मुक्ति पाउने र न्यायिक अराजकता बढ्ने खतरा बढेको छ ।

प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकाको साख जोगाउन यी थन्किएका फाइलहरूमाथि तत्कालै निर्णय लिनु पर्ने चुनौती खडा भएको छ । यसअघि कामु प्रधानन्यायाधीशको हैसियतमा सपना प्रधान मल्लले न्याय परिषदको अध्यक्ष सम्हाल्दा न्यायाधीश उपर परेका उजुरी फास्ट ट्रयाकमा छानबिन गर्ने निर्णय लिएकी थिइन् । परिषदको बैठक हप्तामा एक दिन बसेर प्रत्येक न्यायाधीश उपर परेका उजुरीको सुक्ष्म रुपमा छानबिन गरेर एउटा निर्णयमा पुग्ने भनिएको थियो ।

प्रधानन्यायाधीश बन्ने पहिलो सूचीमा रहेको भएपनि संबैधानिक परिषद बैठकले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम सिफारिस गर्‍यो । संसदीय सुनुवाइबाट अनुमोदन भइ शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि तीन पटक न्यायपरिषद बैठक बसेको छ । तर, प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा बसेको बैठकले न्यायाधीशको सरुवामा जोड दिए । न्यायाधीश उपरको छानबिनमा भने चासो दिएका छैनन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Jilla-karagar-chitwan

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण

चितवन । जिल्ला कारागारमा कैदी बस्ने स्थान अभाव भएपछि उनीहरुलाई अन्य कारागारमा स्थानान्तरण गर्नुपर्ने बाध्यता...
gharjagga-2272026031439-1000x0

३९० पालिकाले मात्रै गरे जग्गा वर्गीकरण, ३६३ वटामा रोकियो कित्ताकाट

काठमाडौँ — जग्गा वर्गीकरण नगरेका ३ सय ६३ पालिकामा पुनः कित्ताकाट रोकिएको छ । सरकारले भूउपयोग...
uml1_eydkt5Ih5z

मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?

मकवानपुर । बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेका मन्त्रीहरूको राजीनामा पत्र मुख्यमन्त्रीसमक्ष बुझाउनुअघि...

बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रीन रन’ कार्यक्रम

काठमाण्डौ – नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०