चितवन, कार्तिक १७–
जिल्ला प्रहरी कार्यालय चितवनले ६ लाख बढी मूल्यको पटाकाजन्य विष्फोटक पदार्थ बरामद गरेको छ ।
झिरझिरे, खुर्सानी, चक्र, रकेट लगायतका पटाकाजन्य विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको हो । ८० हजार ३७२ पिसको पटाकाको बजार मूल्य ६ लाख २३ हजार ४६५ रुपैयाँ चितवन प्रहरीले जनाएको छ । यस्तै प्रहरीले १ लाख ७२ हजार ३ सय नेपाली रुपैयाँ समेत बरामद गरेको छ ।
प्रहरीले पटाकासहित भारतीय नागरिक मोतिहारी जिल्ला घर भई हाल चितवन कालिका नगरपालिका वडा नं. ०६ हरिहरटोल बस्ने वर्ष ४१ को सन्जय साह तेली, मोतिहारी घर भइ हाल भरतपुर महाननगरपालिका वडा नं. ०३ बाह्रघरे बस्ने वर्ष २९ का राज जैशवाल भन्ने कन्हैया कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्र भुसन यादवले जानकारी दिए ।
