काठमाण्डाै – स्पेनी दोस्रो डिभिजनको फुटबल खेलका क्रममा गम्भीर घाइते भएका सीडी टेनेरिफका स्ट्राइकर जेसुस डे मिगुएलको ज्यान गएको छ ।
हिजो एन्डोरासँगको खेलका क्रममा गोलकिपर जेसुस ओवोनेसँग ठोक्किँदा ३० वर्षीय डे मिगुएलको टाउको र छातीमा चोट लागेको थियो । यस घटनाका लागि रेफ्रीले गोलकिपरलाई रातो कार्ड देखाएका थिए । यसपछि खेल रद्द गरिएको थियो ।
यस घटनापछि विश्वभरका खेलाडीहरूले डे मिगुएलप्रति शोक व्यक्त गरेका छन् ।
बार्सिलोनाका पूर्व डिफेन्डर जेरार्ड पिकेको सह–स्वामित्वमा रहेको टोली एन्डोराले पनि शोक व्यक्त गर्दै विज्ञप्ति निकालेको छ ।
टोलीले यस घटनाबाट अत्यन्त मर्माहत भएको प्रतिक्रिया दिएको छ । टोलीले जेसुस डे मिगेलको परिवार, उनका सहकर्मी, साथीभाइ र सीडी टेनेरिफप्रति समवेदना व्यक्त गरेको छ ।
इन्जुरी समयको सातौँ मिनेटमा टेनेरिफ र एन्डोराबीचको खेल २–२ को बराबरीमा रहेको अवस्थामा यो घटना भएको थियो । एन्डोराका गोलकिपर ओभोना बल क्लियर गर्न अगाडि बढ्ने क्रममा उनको घुँडा डे मिगुएलसँग ठोक्किएको थियो ।
