"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

सरकारको नयाँ नियम : नयाँ गाडी खरिद र वैदेशिक भ्रमणका लागि पूर्वसहमति अनिवार्य

Table of Content

विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रूपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । 

अर्थमन्त्रालयले सोमबार जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा’ पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न नपाइने उल्लेख छ । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रूपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । 

सरकारी स्वामित्वको भवन उपलब्ध नभएको अवस्थामा मात्र मुख्य व्यापारिक केन्द्र वा प्रमुख मार्गभन्दा बाहिर रहेका न्यूनतम पूर्वाधार र सुविधाका घर मात्रै भाडामा लिनुपर्नेछ । 

कार्यालयको कार्य सम्पादनजका लागि सरकारी निकायले खाली रहेका सरकारी भवनलाई प्राथमिकतामा साथ उपयोग गर्नुपर्नेछ । भाडामा लिने घर पूर्ण रुपमा सरकारी प्रयोजनमा मात्र प्रयोग हुने व्यवस्था मिलाउनुपर्ने मार्गदर्शनमा उल्लेख छ । 

पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, इन्धन, मर्मत खर्च, मसलन्द तथा कार्यालय सामग्री खर्च, भक्ता, तालिम, गोष्ठी, सेवा शुल्क, भ्रमण खर्चलगायत प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाई खर्च गर्नुपर्नेछ । सार्वजनिक खर्चलाई मितव्ययिता कायम गर्नुपर्ने व्यवस्था मार्गदर्शनले गरेको छ । 

भुक्तानी प्रणालीलाई सहज र व्यवस्थित बनाई सरकारी कोषको प्रभावकारी उपयोगका लागि मासिक नगद योजना तर्जुमा गरी अर्थ मन्त्रालयमा पठाउनुपर्नेछ । नगद प्रवाहलाई व्यवस्थित गर्न रु एक अर्ब बढीको भुक्तानी दिनुपर्ने भएमा सात दिनभित्रै अर्थमन्त्रालयलाई अनिवार्य अनिवार्य जानकारी गराउनुपर्नेछ । 

आयोजना तथा कार्यक्रम कार्यान्वयनको सिलसिलामा सिर्जना हुन सक्ने वित्त जोखिमको आँकलन गरी वित्त जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्नेछ ।

अर्थ मन्त्रालयका सचिव डा घनश्याम उपाध्यायका अनुसार, ठूला पूर्वाधार एवं आयोजनाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गरी जोखिमको लेखाजोखा गर्ने प्रणालीको  विकास तथा वित्त जोखिम व्यवस्थापनलाई सबल बनाउँदै पुँजीगत खर्चएमा उल्लेखनीय सुधारको प्रयास गर्नुपर्नेछ । 

बजेट कार्यान्वयनमा आइपरेका समस्या, कारणहरु उल्लेख गरी राष्ट्रिय योजना आयोग र अर्थमन्त्रालयमा पठाउने व्यवस्था मिलाउन मार्गदर्शनमा आग्रह गरिएको छ । प्रत्येक दुई महिनामा अर्थ मन्त्रालयमा हुने बजेट कार्यान्वयनसम्बन्धी समीक्षा हुनेछ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

1-1789126058

न्युयाेर्कमा सेप्टेम्बर ११ आक्रमणको २५औँ स्मृति दिवस

अमेरिकाको न्युयोर्क शहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको आतङ्कवादी आक्रमणको २५औँ वार्षिकोत्सव आज मनाउँदैछ...
balen-shah-1786784298

सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा छलफल : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रतिबद्धता

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाह र देशका शीर्ष उद्योगी–व्यवसायीहरूबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र...
2e939326-b9a7-4228-bcc4-1723cfb91c82

भण्डारा माविका विद्यार्थीले बाढीपीडितलाई ५० हजार १०० रुपैयाँ सहयोग

चितवन । रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि भण्डारा माध्यमिक विद्यालयका...
Sajhedari-Daily_20260911_114753_0000-860x487 (1)

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ निवासी तीन वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणमा पक्राउ परेका...
WhatsApp Image 2026-09-11 at 3.59.36 PM

लागूऔषध दुर्व्यसनविरुद्ध सुनगाभा कलेज/डेजी स्कुलका विद्यार्थीलाई सचेतना

चितवन । चितवनको खैरहनीमा लागूऔषध दुर्व्यसनबाट हुने नकारात्मक असर तथा यसको रोकथामका उपायबारे विद्यार्थीहरूलाई सचेत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०