"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

च्याउ खोज्न जंगल गएका १४ महिला सम्पर्कविहीन

Table of Content

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने ती महिलाहरु आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए ।

धनगढी । कञ्चनपुर, बगरफाँटामा च्याउ खोज्न गएका १४ जना महिला सम्पर्कविहीन भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल बस्ने ती महिलाहरु आइतबार बिहान ११ बजेतिर च्याउ टिप्न जंगलतिर गएका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जभित्र छिरेका दशरथ टोल बस्ने सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रीता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएको रावतले बताए । सम्पर्कविहीन भएका ती महिलाहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

कीर्तिपुरको ट्याङ्लाफाँटमा कारमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ : कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा एक निजी कारमा अचानक आगलागी हुँदा एकजनाको मृत्यु भएको छ।  मंगलबार बिहान ट्याङ्लाफाँटको चाँदनीचोक नजिकै बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एसपी नरेशराज सुवेदीले कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाएकाले गाडीभित्रै मृत फेला परेको बताए ।   उनलाई सिट बेल्ट बाँधेको अवस्थामै...

प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत

काठमाडौँ । प्रदेशमा सरकार गठनका लागि निर्णायक मानिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सत्ताधारी नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग निरन्तर संवाद गरिरहेको छ। आलोपालो सरकार सञ्चालनको पूर्वसहमति कार्यान्वयन नभएपछि कांग्रेस र एमालेको गठबन्धन भत्किएको थियो। सरकार गठनका लागि कांग्रेस र एमाले दुवैको तानातानमा रहेको नेकपाले अहिलेसम्म आधिकारिक निर्णय सार्वजनिक गरेको छैन। दक्षिण एसिया...

उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन

विराटनगर । गत आर्थिक वर्ष ०८२/८३ मा उच्च अदालत विराटनगरले चार हजार ९९ थान मुद्दा फैसला गरेको छ । अदालतद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सात हजार १५७ मुद्दा दर्ता भएकामा अझै तीन हजार ५८ थान नियमित र १८ महिना नाघेका ८७ थान मुद्दा फैसला गर्न बाँकी रहेको जनाएको छ । उच्च अदालत विराटनगरका मुख्य...

चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

दाङ । आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष २०८२/८३ मा रु चार अर्ब ३० करोड ६१ लाख १९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका अधिकृत उपेन्द्र पुनका अनुसार त्यस अवधिमा वार्षिक लक्ष्यको ८५.२१ प्रतिशतमात्र राजस्व सङ्कलन भएको छ । कार्यालयले उक्त आवमा रु पाँच अर्ब पाँच करोड ३३ लाख ६१ हजार राजस्व...

बजेट कार्यान्वयनका लागि  कार्यविधि र निर्देशिका साउन मसान्तभित्र तयार पार्न निर्देशन

काठमाण्डौ – अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै मन्त्रालय, विभाग, आयोग, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई विस्तृत मार्गदर्शन जारी गर्दै आवश्यक कार्यविधि, निर्देशिका, मापदण्ड, दिग्दर्शन वा मार्गदर्शन साउन मसान्तभित्र तयार गरिसक्न भनेको छ । अर्थ मन्त्रालयले यही साउन १ गते जारी गरेको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमा स्वीकृत वार्षिक...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०