"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, मेसीको कीर्तिमान तोडे

Table of Content

फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले इंग्ल्यान्डविरुद्ध जारी खेलमा दुई गोल गर्दै यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्।

२७ वर्षीय एम्बाप्पेले सन् २०२६ को विश्वकपमा यसअघि नै थुप्रै कीर्तिमान बनाइसकेका छन्। सेनेगलमाथि फ्रान्सले ३–१ को जित दर्ता गरेको खेलमा दुई गोल गर्दै उनले जस्ट फोन्टेनको कीर्तिमान तोड्दै फ्रान्सका लागि समग्रमा तथा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए।

त्यसपछि इराकविरुद्ध पनि दुई गोल थप्दै उनले फ्रान्सका लागि आफ्नो कुल गोल संख्या ६० पुर्‍याए। त्यसमध्ये १६ गोल विश्वकपमा गरेका थिए, जससँगै उनले मिरोस्लाभ क्लोजको विश्वकप गोलको कीर्तिमान बराबरी गरेका थिए।

तर उक्त कीर्तिमान यसअघि नै अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले यसै विश्वकपका क्रममा तोडिसकेका थिए। त्यसपछि पनि एम्बाप्पेले आफ्नो उत्कृष्ट लय कायम राख्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

हालसम्म एम्बाप्पेले विश्वकपका २२ खेलमा २२ गोल गरिसकेका छन्। त्यसमध्ये २०२६ को विश्वकपमा मात्रै उनले १० गोल गरेका छन्।

यद्यपि फ्रान्स सेमिफाइनलबाट बाहिरिएपछि यो उपलब्धिले टोलीको निराशा पूर्ण रूपमा हटाउन नसके पनि व्यक्तिगत रूपमा भने एम्बाप्पेका लागि यो ऐतिहासिक क्षण बनेको छ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

फेसबुक र इन्स्टाग्राममा विश्वव्यापी समस्या, भएको के हो ?

काठमाडौँ । मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम विश्वव्यापी रूपमा अवरुद्ध भएका छन्। समाचार संस्था ‘न्युजविक’का अनुसार अमेरिकी समयअनुसार बिहान ३:२५ बजेदेखि सुरु भएको यो समस्याले केही घण्टामै विश्वभरका लाखौँ प्रयोगकर्तालाई प्रभावित बनाएको छ। नेपालमा समेत आइतबार दिउँसो साढे १ देखि कैयन प्रयोगकर्ताले फेसबुक नखुलेको बताएका छन् । डेस्कटपबाट फेसबुक लगइन गर्दा खुलेको छैन भने...

विश्वकप फुटबलको उपाधिका लागि आजराति अर्जेन्टिना र स्पेन खेल्दै

फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आज राति युरोपियन च्याम्पियन स्पेन र साबिक उपाधि विजेता अर्जेन्टिनाबीच खेल हुँदैछ । अमेरिकाको मेटलाइफ स्टेडियममा खेल नेपाली समयअनुसार राति पौने १ बजे शुरु हुनेछ । प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक १९ गोल गरेको छ भने स्पेनले जम्मा एक गोल मात्र बेहोरेको छ । ३९ दिनसम्म चलेको विश्वकपको अन्तिम...

बाढी थप बढेमा आज कोशी ब्यारेजका ढोका खोलिने

काठमाणडै – बाढी थप बढेमा आज कोशी ब्यारेजका ढोकाक्रमशः खोलिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढीको जोखिम भए आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो । देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । गएराति पनि पानी परेको र थप...

दाङमा जङ्गली च्याउ खाएका एक जनाको ज्यान गयो

काठमाण्डौ – दाङको तुलसीपुर–३ बल्लेमा जङ्गली च्याउ खाएका एक जनाको ज्यान गएको छ । ३७ वर्षीया दिपा पुनको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार पुनसहित उहाँको परिवारका पाँच जना र अर्को परिवारका दुई जनाले जंगलबाट ल्याइएको जङ्गली च्याउ पकाएर खाएपछि...

तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव अस्वीकार्य : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावप्रति विमति प्रकट गरेका छन् । आइतबार (साउन ३) ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा थापाले यस्तो प्रस्तावले लोकतान्त्रिक मूल्य र जनमतको अपमान हुने बताए । तीन दल मिलेर सरकार बनाउनु भनेको...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०