"हामी सबैको एउटै आवाज"

BP

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

के २०३० काे विश्वकपमा ६४ टाेली सहभागी हाेलान् ?

Table of Content

काठमाण्डाै – विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०३० को विश्वकपमा सहभागी टोलीको सङ्ख्या ६४ पुर्‍याउने सम्भावनाबारे छलफल हुने बताउनुभएको छ ।

स्वीस सञ्चारमाध्मम ‘ब्लूविन’ सँगको अन्तर्वार्तामा फिफा अध्यक्षले थप १६ टोली थपेर ४८ बाट ६४ पुर्‍याउनेबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो ।

उहाँका अनुसार विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र नभई सम्पूर्ण विश्वलाई ध्यानमा राख्नुपर्छ । हरेक देशले विश्वकपमा खेल्ने सपना देख्न पाउनुपर्ने इन्फान्टिनोको भनाइ छ ।

सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोली सहभागी हुँदै आएका थिए । अहिले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा चलिरहेको २३औँ संस्करणको विश्वकपमा पहिलो पटक ४८ टोली सहभागी छन् । फिफा अध्यक्षले ४८ टोली सहभागी विश्वकपलाई ठूलो सफलताको संज्ञा दिनुभएको छ ।

यद्यपि विश्वकपमा ६४ टोली सहभागी हुने प्रस्तावप्रति सबै पक्ष सहमत छैनन् । युरोपेली फुटबल महासङ्घ (यूईएफए), एशियाली फुटबल महासङ्घ (एएफसी), उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कन्काकाफ) ले यो प्रस्ताव उपयुक्त नहुने बताएका छन् ।

सन् २०३० को विश्वकप मुख्यतया स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्नेछन् भने प्रतियोगिताको शताब्दी वर्ष मनाउनका लागि उद्घाटनका ३ खेल अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा आयोजना हुनेछन् ।

admin

info@hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

Shankar_Pokhrel_9ZAiybdpLh

शंकर पोखरेलको टिप्पणी : दलहरूसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो

काठमाण्डौ – नेकपा एमाले महासचिव शंकर पोखरेलले राजनीतिक दलहरूसँगको संवाद प्रधानमन्त्री वालेन्द्र शाहका लागि एकादेशको...
NRB_Bank_final_iKM3hHv13C

मूल्यवृद्धि उच्च : घिउ, तेल, तरकारी र फलफूल सबैभन्दा महँगो

काठमाण्डाै – चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमा महँगी अत्यधिक बढेको छ ।...
ramchandra_poudel_yyL0tB0G0w

एकताबद्ध भई अगाडि बढ्न सबैलाई राष्ट्रपति पौडेलको आह्वान

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा देशमा दिगो...
Balen-dai23243545-1789793060

संविधानको भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाण्डौ – प्रधानमन्त्री वालेन्द्र शाहले सरकार संविधानको भावनाप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान...
sena-badi-1789805649

त्रिशूली–१ को सुरुङबाट थप ११ शव निकालियो : नेपाली सेना

काठमाण्डौ – रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ११ जनाको शव निकालेको नेपाली सेनाले...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०