"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

बेत्रावतीमा ‘एक्रो ब्रिज’ जडान भएपछि स्याफ्रुबेँसीसम्मै खुल्यो सडक

Table of Content

काठमाण्डौ – भोटेकोशी बाढीले राष्ट्रिय सडक सञ्जालबाट बाहिरिएको रसुवामा नेपाली सेनाले फलामे पुल जडान गरेसँगै सडक सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै रसुवा–नुवाकोट आवतजावत गर्ने गाडीले अप्ठ्यारा वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ ।

सेनाले निर्माण गरेको पुल हिजो गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिएको हो । रसुवाको उत्तरगया नगरपालिका–५ र नुवाकोटको विदुर नगरपालिका–१० जोड्ने फलाकु खोलामा निर्मित नयाँ र पुराना पुल बाढीले बगाएपछि रसुवासँगको सडक सम्पर्क बिच्छेद भएको थियो ।

सडक विभागसँगको समन्वयमा सेनाले झण्डै ३०० मिटरको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरी बेत्रावतीसम्म सडक खुलाएको थियो । पुल बनेसँगै धादिङको गल्छी, नुवाकोटको देवीघाट, त्रिशूली र बेत्रावती तथा रसुवाको धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म सडक सञ्चालनमा आएको छ । 

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नेपाल–भारत सीमा क्षेत्रमा सडक विस्तारः बोर्डरसम्मको पहुँच सहज हुने, सीमावर्ती गाउँहरू सिधै जोडिँदै

काठमाडौं, असोज २६ – भारत सरकारले नेपाल र पश्चिम बंगालसम्म सीधा पहुँच विस्तार गर्ने उद्देश्यसहित दुईवटा ठूला फोरलेन सडक परियोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्र सरकारले मुजफ्फरपुर–सोनबरसा र खगडिया–पूर्णिया फोरलेन सडक निर्माणलाई अघि बढाएसँगै नेपाल–भारत सीमावर्ती क्षेत्रका गाउँहरू सिधै आधुनिक सडकसँग जोडिने भएका हुन् । कुल २२६ किलोमिटर लम्बाइका यी दुई सडक सार्वजनिक–निजी साझेदारी...

पर्वत चितवन समाज रत्ननगरको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न, निर्वाचित सदस्यहरू सम्मानित

रत्ननगर । पर्वत चितवन समाज रत्ननगरले नेपालीहरूको महान् पर्व विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। २०८३ असोज २५ गते रत्ननगर नगरपालिका–१ स्थित दुर्गा मन्दिरको सभाहलमा आयोजित कार्यक्रम समाजका अध्यक्ष विष्णु प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा समाजका सचिव नरहरि पुरीले सहजीकरण गरेका...

रोहित पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई हरायो

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ । ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो । २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभर ४ बलमा २११ रनमै समेटियो । रोहितले १०१ रनको योगदान...

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला

काठमाण्डौ – नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित हुनुभएको छ । खुला उपसभापतिमा भण्डारी ३ हजार ७३५ र आचार्य २ हजार ३४२ मतसहित विजयी हुनुभएको हो । यस्तै समावेशी उपसभापतिमा विनोद चौधरी १ हजार ७४५ मतसहित निर्वाचित हुनुभयो । महामन्त्रीको...

बुढीगण्डकी बाढीबाट दुई सयभन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरु

काठमाण्डौ – गोरखाको बुढीगण्डकी नदीमा हिजो आएको बाढीबाट गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोरखाको चुमनुब्रीमा ४३, धार्चेमा ३९, आरुघाटमा ६४ तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ५८ परिवार विस्थापित भएका छन् । बाढी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरु...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०