"हामी सबैको एउटै आवाज"

"हामी सबैको एउटै आवाज"

ट्रेन्डिङ

आफ्नी छोरीको बिहेमा लाखौं पाहुनालाई भोज खुवाएका अनन्त सिंह अब जेल जानुपर्ने

Table of Content

काठमाडौं । भारतको बिहारको मोकामाका विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह भव्य समारोहका बीच सम्पन्न भएको छ। नोभेम्बर २५ मा पटना जिल्लाको नदवाँस्थित पैतृक गाउँमा भएको विवाहमा लाखौँ मानिस सहभागी भएका थिए। राजनीतिक नेता, मन्त्री, सांसद, भोजपुरी तथा बलिउड कलाकार र गायकहरूको उपस्थितिले विवाह समारोह चर्चामा रह्यो। यही विवाहमा सहभागी हुन अनन्त सिंहलाई सर्वोच्च अदालतले दुलारचन्द यादव हत्या प्रकरणमा आत्मसमर्पण गर्न थप समय दिएको थियो। अब उनले डिसेम्बर ४ भित्र आत्मसमर्पण गर्नुपर्नेछ।

विवाह समारोहमा केन्द्रीय मन्त्री तथा जनता दल युनाइटेडका नेता ललन सिंह, पूर्वसांसद बृजभूषण शरण सिंह, साधु यादव, बिहार विधानसभा अध्यक्ष प्रेमकुमार, रामकृपाल यादव र भाजपा सांसद विवेक ठाकुरलगायत राजनीतिक व्यक्तित्व सहभागी भएका थिए। त्यस्तै, अभिनेता सोनु सूद, रवि किशन, मनोज तिवारी, गायक उदित नारायण, पवन सिंह, अक्षरा सिंह, खेसारी लाल, मैथिली ठाकुर, गुन्जन सिंह र अभिनेत्री नीलम गिरी पनि समारोहमा पुगेका थिए।

विवाहमा पाहुनाको भीड यति ठूलो थियो कि नदवाँ जाने सडकमा करिब १० किलोमिटरसम्म सवारी जाम भएको थियो। १५१ वटा गाडीको जन्ती पुगेको र पाहुनाहरू हेलिकोप्टर, कार, मोटरसाइकल, रेल, साइकल तथा पैदलसमेत विवाहस्थल पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विवाहका लागि करिब पाँच लाख मानिसलाई भोज खुवाउने व्यवस्था गरिएको थियो। भोजमा १५० भन्दा बढी परिकार राखिएका थिए।

समारोहमा अनन्त सिंहका जेलजीवनका पुराना साथीसमेत १० वटा राइफल र ५०० राउन्ड गोलीसहित पुगेका थिए। उनले अनन्त सिंहसँग जेलमा भेट भएपछि मित्रता गहिरिएको र अनन्तले आफूलाई जेलबाट बाहिर निस्कन सहयोग गरेको दाबी गरेका छन्। अनन्तका लागि आफू ज्यान दिनसमेत तयार रहेको बताएका उनले हतियार व्यक्तिगत सुरक्षाका लागि ल्याएको र विवाहमा गोली चलाउने उद्देश्य नरहेको बताएका थिए।

विवाह भोजमा अत्यधिक भीड भएपछि खाना वितरणस्थलमा मानिसहरूबीच तँछाडमछाड भएको दृश्यसमेत सार्वजनिक भएको छ। खाना खाने पातका थाल हावामा फ्याँकिएको र मानिसहरूले ती थाल समात्न तथा लिन खोजेको भिडियो भाइरल भएको छ। घोडदौड प्रतियोगिता हेर्न पनि ठूलो संख्यामा मानिस जम्मा भएका थिए। भीड नियन्त्रण गर्न कठिन भएपछि प्रतियोगिताको अन्तिम चरण स्थगित गरी अर्को दिनका लागि सारिएको थियो। प्रतियोगितामा सहभागी घोडाहरूको दर्ता, स्वास्थ्य अवस्था र ढुवानी व्यवस्थाबारे भारतीय पशु कल्याण बोर्डले समेत निरीक्षण गर्न निर्देशन दिएको समाचार सार्वजनिक भएको छ।

छोरीको विवाहमा सहभागी हुन पाउने गरी अनन्त सिंहलाई सर्वोच्च अदालतले आत्मसमर्पणको समयसीमा थपेको थियो। दुलारचन्द यादव हत्या प्रकरणमा यसअघि पटना उच्च अदालतले दिएको जमानत सर्वोच्च अदालतले अक्टोबर ३० मा निलम्बन गर्दै उनलाई डिसेम्बर १ भित्र आत्मसमर्पण गर्न आदेश दिएको थियो। तर, छोरीको विवाह नोभेम्बर २५ मा रहेकाले थप समय माग गरिएको थियो। नोभेम्बर ५ मा सार्वजनिक भएको सर्वोच्च अदालतको लिखित आदेशमा आत्मसमर्पणको म्याद डिसेम्बर ४ सम्म उल्लेख गरिएको छ।

सर्वोच्च अदालतले पटना उच्च अदालतले जमानत दिँदा अपराधको प्रकृति र अनन्त सिंहको आपराधिक पृष्ठभूमिलाई पर्याप्त ध्यान नदिएको ठहर गरेको थियो। दुलारचन्द यादवका नाति नीरजकुमारले उच्च अदालतको जमानत आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। राज्य सरकारले पनि अनन्त सिंहविरुद्ध हत्या, हत्या प्रयास, अपहरण, फिरौती असुली तथा हतियारसम्बन्धी कानुनअन्तर्गतका गम्भीर मुद्दाहरू रहेको विषय अदालतमा उठाएको थियो।

सर्वोच्च अदालतले बिहार प्रहरी र अनुसन्धान अधिकृतलाई चार महिनाभित्र अनुसन्धान पूरा गरी पूरक आरोपपत्र पेस गर्न निर्देशन दिएको छ। त्यसपछि मुद्दामा पुनः सुनुवाइ हुनेछ। दुलारचन्द यादवको हत्या सन् २०२५ अक्टोबरमा बिहारको मोकामामा भएको थियो। उक्त घटनामा अनन्त सिंहमाथि हत्या योजनामा संलग्न रहेको आरोप छ। उनले भने अदालतको आदेशअनुसार आत्मसमर्पण गर्ने बताउँदै आएका छन्।

admin

admin@hamroraptifm.com https://hamroraptifm.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent News

Trending News

Editor's Picks

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा

काठमाण्डौ – नेपाल र भारतबीच काठमाण्डौ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा छ । सहमतिअनुसार काठमाण्डौ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने...

आफ्नी छोरीको बिहेमा लाखौं पाहुनालाई भोज खुवाएका अनन्त सिंह अब जेल जानुपर्ने

काठमाडौं । भारतको बिहारको मोकामाका विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह भव्य समारोहका बीच सम्पन्न भएको छ। नोभेम्बर २५ मा पटना जिल्लाको नदवाँस्थित पैतृक गाउँमा भएको विवाहमा लाखौँ मानिस सहभागी भएका थिए। राजनीतिक नेता, मन्त्री, सांसद, भोजपुरी तथा बलिउड कलाकार र गायकहरूको उपस्थितिले विवाह समारोह चर्चामा रह्यो। यही विवाहमा सहभागी हुन अनन्त सिंहलाई सर्वोच्च...

गाउँगाउँमा क्रिकेटको क्रेज, खेतबारीमै चम्किँदै स्थानीय प्रतिभा

काठमाण्डौ – बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनका स्क्रिनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् ।  दशैँ, तिहार र छठ पर्वको अवसर पारेर आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय...

लामो समयदेखि बन्द विराटनगर जुट मिल्स सञ्चालन गर्ने सरकारको तयारी

काठमाण्डौ – लामो समयदेखि बन्द रहेको देशकै पहिलो आधुनिक उद्योग विराटनगर जुट मिल्स फेरि सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको छ । यसका लागि सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तासँग आशयपत्र माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा जुट मिल्स सञ्चालनका लागि ३५ दिनभित्र आशयपत्र पेश गर्न आह्वान गरिएको हो । सार्वजनिक–निजी साझेदारी मोडेलमा...

पत्रकार धरपकड र प्रेस स्वतन्त्रता हस्तक्षेपविरुद्ध महासंघको देशव्यापी प्रदर्शन

काठमाण्डौ – नेपाल पत्रकार महासंघले पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ । महासंघले हिजो देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरेको हो । ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित आयोजित प्रदर्शनमा समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, सञ्चारमाध्यमको न्यूजरुममै प्रवेश गरी हस्तक्षेप गर्ने तथा समाचार स्रोत...

अध्यक्ष : सुभद्रा आले मगर
सम्पादक : राजु थापा
कार्यकारी सम्पादक : पुर्ण बहादुर मगर
सह सम्पादक : अशोक बहादुर परियार
ले आउट : प्रबेश देसार
सवाददाता : अनिल अधिकारी

सम्पर्क

इमेल : infohamroraotifm@gmail.com

मोबाइल : 9762345745

ठेगाना : राप्ती ५ भण्डारा, चितवन , बागमति प्रदेश , नेपाल

कम्पनी विवरणहरू

कला पाठशाला कलेज प्रा.लि द्वारा संचालित पुर्बी चितवनको सर्बाधिक सुनिने हाम्रो राप्ती 88.5 एफ एमको अनलाइन सस्करण हो !

सन्चार रजिस्ट्रारको कार्यालय दर्ता न १४०/०७९/०८०